प्रधानमन्त्री विरुद्धको रिटमा कागजात झिकाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने भन्दै परेको रिटमा कागजात झिकाउने आदेश दिएको छ । अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा सुनुवाइपछि यस्तो आदेश आएको हो ।
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हकमा सर्वोच्चले कागजात झिकाउन भनेको हो । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय पौडेल र निरौलाले नाउपाबाट सरकारलाई दिइएको समर्थन फिर्ताको पत्र, मन्त्री चौधरीले बुझाएको राजीनामा पत्र लगायत कागजात झिकाउने आदेश दिएका हुन् ।
तर उसभामुख इन्दिरा राना मगरलाई हटाउने कसरतमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले ४ भदौमा फेरि सरकारलाई समर्थन दिइसकेकी छन् । नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रहेकी उपसभामुखबाट राना मगरलाई हटाउन दुईतिहाइ जुटाउने कोसिस गरिरहेका बेला रञ्जिताले सरकारलाई समर्थन दिएकी थिइन् ।
कांग्रेस र एमालेले भदौ ३ मा आफ्नो दलका सांसदहरूको हस्ताक्षर संकलन गरेका थिए । त्यसपछि बसेको सत्ता गठबन्धनको बैठकमा रञ्जिता पनि मिसिएकी थिइन् । गत २२ असारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यससँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले राजीनामा दिएका थिए ।
तर अहिलेसम्म चौधरीको राजीनामा ओलीले स्वीकृत गरेका छैनन् । चौधरीको राजीनामा स्वीकृत नभएकै अवस्थामा रञ्जिताले फेरि समर्थन जनाएकी थिइन् । यसअघि नाउपा संरक्षक रेशम चौधरीले पहिलो राष्ट्रिय भेला गरेर रञ्जितालाई हटाउँदै बुवा लालवीर चौधरीलाई अध्यक्ष बनाएका थिए । तर उनको उक्त निर्णयलाई निर्वाचन आयोगले बदर गरिदिएपछि रञ्जिताले अध्यक्षका रुपमा सरकारलाई समर्थन कायमै गरेकी हुन् ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












