ताजा समाचार

प्रधानमन्त्री ओली र राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार तियानजिनको अतिथि गृहमा दुई नेताबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओली शनिबार बिहान चीनका लागि प्रस्थान गरेका थिए ।

तियानजिन सहरमा सांघाई सहयोग संगठन (एससीओ)को बैठक हुँदैछ । एससीओ सम्मेलनमै सहभागी हुन चिनियाँ राष्ट्रपतिको निमन्त्रणामा ओली गएका हुन् ।

तियानजिनमा ओर्लिएको केहीबेरमै प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता भएको हो ।

स्थानीय समय अनुसार अपराह्न ३ बजेर १५ मिनेटमा ओली तियानजिनको बिनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org