ताजा समाचार

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा !

काठमाडौं । गत शुक्रबार तुइन खोला पुल नजिकै गएको पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

निरन्तर पहिरो खसेका कारण ४० घण्टासम्म सञ्चालनमा नआएको सडक हिजो(आइतबार) एकतर्फी सञ्चालनमा आएको थियो । अहिले भने पहिरो पूर्ण रूपमा हटाइएपछि आवागमन दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

आज साँझ ५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हो । रोकिएका सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहन समेत आग्रह गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org