ताजा समाचार

ओली निवास गुन्डुमा भाेलि एमाले सचिवालय बैठक बस्दै !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाएका छन् । भोलि (आइतबार)दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरिएको हो । पार्टी अध्यक्ष ओलीले भाडामा प्रयोग गर्दै आएको भक्तपुरको गुण्डुस्थित निवासमा बैठक बोलाइएको जनाइएको छ ।

बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन । गत २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा पार्टी कार्यालय आगजनी र तोडफोड भएको थियो । अध्यक्ष ओलीको बालकोटस्थित निवासमा पनि आगजनी भएपछि उनी अहिले गुण्डुमा बस्दै आएका छन् ।

जेनजी आन्दोलनपछि एमालेभित्र अध्यक्ष केपी ओलीले नेतृत्व छाड्नुपर्ने आवाज पार्टीभित्रबाटै उठ्न थालेको छ। भोलिको बैठकले पार्टीको आगामी रणनीति तय गर्ने जनाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org