एमालेको सचिवालय बैठक आज बस्दै !
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बोलाइएको हो।
जेनजी युवा आन्दोलनपछि एमालेले पहिलोपटक सचिवालय बैठक आह्वान गरेको हो। आन्दोलनले पार्टी नेतृत्वमाथि गम्भीर प्रश्न उठाइरहेका बेला बैठकलाई विशेष चासोका साथ हेरिएको छ।
बैठकमा जेनजी युवा आन्दोलनको समीक्षा, आन्दोलनका क्रममा भएको जनधनको क्षति, तत्कालीन सरकारको भूमिका, तथा आगामी दिनमा पार्टीले अवलम्बन गर्ने रणनीतिसमेतबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, आन्दोलनपछि पहिलोपटक बस्न लागेको सचिवालय बैठकमा पछिल्लो राजनीतिक अवस्थाको मूल्याङ्कन गरी आवश्यक निर्णय लिइनेछ।
गत २३ र २४ भदौमा भएको प्रदर्शनमा ७४ जनाको मृत्यु भएको थियो भने सरकारी र निजी सम्पत्ति समेत गरी खर्बौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै जेनजी युवा आन्दोलनका क्रममा ताकीताकी गोली हान्ने आदेश नदिइएको दाबी गरेका थिए। उनले प्रहरीले प्रयोग गर्ने भन्दा बाहेकका हतियारबाट गोली चलेको पनि उल्लेख गरेका थिए।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












