ताजा समाचार

काभ्रेमा ढुंगाले लागेर लुगा धुन जादै गरेकी तामाङकाे मृत्यु !

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको रोशीमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ ।

आइतबार अपराह्न ४ बजेतिर रोशी गाउँपालिका–११ स्थित भैंसेमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर ५६ वर्षीया बिमलादेवी तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिएका छन् ।

बिमलादेवी घर नजिकै लुगा धुन जाने क्रममा पहिरोसँगै आएको ढुंगाले लागेर मृत्यु भएको थियो । कार्कीका अनुसार प्रहरीको सहीको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org