नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ ।
प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड पोखरीको शिरमा रहेको ६ हजार नौसय ५८ मिटर अग्लो नुम्बुर हिमाल आरोहणका लागि गएको टोलीले १५ घण्टाको प्रयासपछि चुचुरोमा पाइला टेक्दै इतिहास रचेको हो । सेभेन समिट ट्रेक कम्पनीमार्फत हिमाल आरोहणका लागि गएको तीन सदस्यीय विदेसी टोलीले नुम्बुर हिमालको सफल आरोहण गरेको हो ।
सेभेन समिटका कर्मचारी कर्मा छिरिङ शेर्पाका अनुसार पोल्याण्डका नागरिक आडम, जर्मनीका फोलिक्स र इटालियन नागरिक हर्भले आरोहण सफल गरेर फर्किएका हुन् । सोलुदुधकुण्ड नगरपालिकाको पहलमा पर्यटन विभागले पछिल्लो समय नेपालका केही हिमाल आरोहणका लागि खुला गर्दा नुम्बुर हिमाल पनि खुला भएको थियो । यससँगै नुम्बुर हिमालमा पाइला टेक्ने पहिलो आरोहीको नाम इतिहासमा दर्ज भएको छ ।
हिमालको सफलतापूर्वक आरोहण गरेपछि वडाध्यक्ष छोङ्बा शेर्पा लगायत स्थानीय पर्यटन व्यवसायीले स्वागत गरेका छन् । नुम्बुर आरोहण सफल भएसँगै पर्यटनमा नयाँ ढोका खोलिएको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताए ।
यसअघि सन् १९६३ मा जापानी आरोहण दलका आरोहीहरूले आरोहणको प्रयास गरेको भए पनि उक्त प्रयास असफल भएको स्थानीय जानकारले बताएका छन् । यस्तै, दोस्रो पटक १९८१ मा फ्रान्सेली आरोहण दलका सदस्यहरूले समेत आरोहणको प्रयास गरेका थिए । उनीहरू पनि असफल भएका थिए । पछिल्लो पटक गएको दुई वटा आरोहण टोलीमध्ये एउटा टोलीले सफल आरोहण गरेको छ ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












