सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् ।
सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै ओलीले सरकारको कार्यशैलीप्रति आपत्ति नजाएका छन् ।
ओलीले वर्तमान सरकारलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने कार्यभार दिएको भएपनि विवादस्पद कार्यगरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।
‘अहिले सरकारका मन्त्रीज्यूहरुलाई धेरै जिब्रो नचलाउन म आग्रह गर्न चाहान्छु । अनि तपाईहरुलाई फागुन २१ गते चुनाव गराउने भनेको होइन ? सुन्नुभएको छैन ? कहिले राजुदत फिर्ता गरेको छ, फिर्ता नगर भनेर अदालतले भन्छ त्यसपछि पनि हाजिर हुनु ? अहिलेको सरकारभन्दा माथिका मान्छे पनि एम्बेस्डर हुनको लागि जान्छन् देशको प्रतिनिधिको हैसियतले । राजदुतहरु फिर्ता भएर परराष्ट्र मन्त्रालयमा हाजिर हुुनु रे । यो कस्तो आदेश हो ? कुन संसारमा छौं तिमीहरु ? कानून थाहा छ कि छैन, कुटनीति थाहा छ कि छैन, राजदुत आएर मन्त्रालयमा हाजिर हुनु रे । सेवाबाट गएको सचिव होइन नि राजदुत उ त विद्वत व्यक्तित्व हो । उ गएर परराष्ट्रमा हाजिर गर्ने ? यस्ता हावा कुरा गर्ने ? अलि सम्हालिएर व्यवहार गर्नुपर्छ नि सरकारले, यस्ता कुरा गर्ने ? ओलीले चेतावनी दिदै भनेका छन्, ‘सरकारको अवधि चार महिना पनि बाँकी छैन, फुर्ति चाहीँ घामजुन रहुञ्जेल रहनेहुन की जस्तो छ । चुनाव गरेर देखाउ न, आफूलाई दिइएको जिम्मेवारी पो गरेर देखाउनुपर्छ त । यो सरकार चुनाव बनाउन बनेको होइन । हामीले यस्तो धेरै देशमा देखेका छौं ।’
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











