सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् ।
सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै ओलीले सरकारको कार्यशैलीप्रति आपत्ति नजाएका छन् ।
ओलीले वर्तमान सरकारलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने कार्यभार दिएको भएपनि विवादस्पद कार्यगरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।
‘अहिले सरकारका मन्त्रीज्यूहरुलाई धेरै जिब्रो नचलाउन म आग्रह गर्न चाहान्छु । अनि तपाईहरुलाई फागुन २१ गते चुनाव गराउने भनेको होइन ? सुन्नुभएको छैन ? कहिले राजुदत फिर्ता गरेको छ, फिर्ता नगर भनेर अदालतले भन्छ त्यसपछि पनि हाजिर हुनु ? अहिलेको सरकारभन्दा माथिका मान्छे पनि एम्बेस्डर हुनको लागि जान्छन् देशको प्रतिनिधिको हैसियतले । राजदुतहरु फिर्ता भएर परराष्ट्र मन्त्रालयमा हाजिर हुुनु रे । यो कस्तो आदेश हो ? कुन संसारमा छौं तिमीहरु ? कानून थाहा छ कि छैन, कुटनीति थाहा छ कि छैन, राजदुत आएर मन्त्रालयमा हाजिर हुनु रे । सेवाबाट गएको सचिव होइन नि राजदुत उ त विद्वत व्यक्तित्व हो । उ गएर परराष्ट्रमा हाजिर गर्ने ? यस्ता हावा कुरा गर्ने ? अलि सम्हालिएर व्यवहार गर्नुपर्छ नि सरकारले, यस्ता कुरा गर्ने ? ओलीले चेतावनी दिदै भनेका छन्, ‘सरकारको अवधि चार महिना पनि बाँकी छैन, फुर्ति चाहीँ घामजुन रहुञ्जेल रहनेहुन की जस्तो छ । चुनाव गरेर देखाउ न, आफूलाई दिइएको जिम्मेवारी पो गरेर देखाउनुपर्छ त । यो सरकार चुनाव बनाउन बनेको होइन । हामीले यस्तो धेरै देशमा देखेका छौं ।’
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












