मतदाता नामावली संकलनको म्याद आज सकिँदै
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभामा मतदान गर्न मतदाता नामावली संकलनको म्याद आज सकिँदै छ ।
अनलाईनमार्फत पनि फारम भर्न मिल्ने व्यवस्था गरेको निर्वाचन आयोगले सात लाख भन्दा बढी मतदाता थपिएको जानकारी दिएको छ । यसैगरी हिजोसम्ममा ३३ दलले निर्वाचन आयोगमा निर्वाचनमा सहभागी हुन दल दर्ताको लागि निवेदन दिएका छन्।
यसैबीच, निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि नाम दर्ता गराएका मतदाताहरुले मंसिर २१ देखि २७ गतेसम्म त्रुटि सच्याउन निवेदन दिनसक्ने जनाएको छ ।
आयोगले हिजो विज्ञप्ति जारी गर्दै मंसिर २० गते नामावली प्रकाशन हुने र नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन निवेदन दिन सक्ने जनाएको छ ।
यस्तो निवेदन सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालय वा अनलाइन मार्फत पनि दिन सकिने आयोगले जनाएको छ । नामावली माथि जाँचबुझपछि आयोगको वेबसाईटमा अन्तिम नामावली प्रकाशन गरिने आयोगको भनाइ छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












