ताजा समाचार

एमाले पनि आज निर्वाचन आयोग जाँदै !

काठमाडौं । नेकपा एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ ।

एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिए ।

एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरे पनि प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको थिएन ।

प्रतिनिधि सभाको निर्वाचनका लागि दल दर्ताको समय बुधबारसम्मका लागि छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि भने एमालेले यसअघि नै दल दर्ता गरिसकेको छ ।

आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनमा सहभागी हुन् आइतबारसम्म निर्वाचन प्रयोजनलाई विभिन्न ५६ राजनीतिक दलले दल दर्ता गराइसकेका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org