जता पुगे पनि विरोध मात्रै !
काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत जहाँ पुगे पनि विरोधको सामना गर्न थालेका छन् । पछिल्ला दिनहरूमा देशका विभिन्न जिल्लामा आयोजना गरिएका कार्यक्रमहरूमा उनको उपस्थितिलाई लिएर जेनजी युवाहरूले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
बुधबार बिहान कैलालीको धनगढी बजारमा जेनजी युवाहरूले प्लाकार्डसहित विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न बस्नेत धनगढी जाँदै छन् । बस्नेतको विरोधमा धनगढीको जेन–जी मार्गनजिक हसनपुरमा युवाहरूको समूहले प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् । 
२३ र २४ गते भएको जेनजी आन्दोलनपछि एमाले नेतृत्वको सरकार विस्थापित भएपछि बस्नेतले जेनजी युवाप्रति दिएका कडा अभिव्यक्तिले आक्रोश बढाएको युवाहरूको भनाइ छ । त्यसयता उनी सहभागी हुन लागेका कार्यक्रमहरूमा विरोधका दृश्यहरू दोहोरिइरहेका छन् ।
गत ४ मंसिरमा बाराको परवानीपुरमा आयोजित कार्यक्रममा सहभागी हुन लाग्दा पनि उनको आगमनको विरोधमा प्रदर्शन भएको थियो । सो घटनापछि सिमरा क्षेत्र दुई दिनसम्म तनावग्रस्त बनेको थियो । त्यस्तै, ७ मंसिरमा इटहरी जाँदै गर्दा बस्नेत सवार गाडीमा रातो रङ भरिएको बेलुन प्रहार गरिएको घटना पनि चर्चामा आएको थियो ।
यसै क्रममा मंगलबार सुर्खेतमा पनि बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै युवाहरूले प्रदर्शन गरेका थिए । लगातार भइरहेका यस्ता घटनाले उनी जहाँ पुगे पनि विरोधको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार बस्नेत र जेनजी युवाबीच बढ्दो टकरावले आगामी दिनमा थप तनाव निम्त्याउने संकेत देखिएको छ । यता, सम्बन्धित पक्षले भने शान्तिपूर्ण संवादमार्फत समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...













