जता पुगे पनि विरोध मात्रै !
काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत जहाँ पुगे पनि विरोधको सामना गर्न थालेका छन् । पछिल्ला दिनहरूमा देशका विभिन्न जिल्लामा आयोजना गरिएका कार्यक्रमहरूमा उनको उपस्थितिलाई लिएर जेनजी युवाहरूले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
बुधबार बिहान कैलालीको धनगढी बजारमा जेनजी युवाहरूले प्लाकार्डसहित विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न बस्नेत धनगढी जाँदै छन् । बस्नेतको विरोधमा धनगढीको जेन–जी मार्गनजिक हसनपुरमा युवाहरूको समूहले प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् । 
२३ र २४ गते भएको जेनजी आन्दोलनपछि एमाले नेतृत्वको सरकार विस्थापित भएपछि बस्नेतले जेनजी युवाप्रति दिएका कडा अभिव्यक्तिले आक्रोश बढाएको युवाहरूको भनाइ छ । त्यसयता उनी सहभागी हुन लागेका कार्यक्रमहरूमा विरोधका दृश्यहरू दोहोरिइरहेका छन् ।
गत ४ मंसिरमा बाराको परवानीपुरमा आयोजित कार्यक्रममा सहभागी हुन लाग्दा पनि उनको आगमनको विरोधमा प्रदर्शन भएको थियो । सो घटनापछि सिमरा क्षेत्र दुई दिनसम्म तनावग्रस्त बनेको थियो । त्यस्तै, ७ मंसिरमा इटहरी जाँदै गर्दा बस्नेत सवार गाडीमा रातो रङ भरिएको बेलुन प्रहार गरिएको घटना पनि चर्चामा आएको थियो ।
यसै क्रममा मंगलबार सुर्खेतमा पनि बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै युवाहरूले प्रदर्शन गरेका थिए । लगातार भइरहेका यस्ता घटनाले उनी जहाँ पुगे पनि विरोधको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार बस्नेत र जेनजी युवाबीच बढ्दो टकरावले आगामी दिनमा थप तनाव निम्त्याउने संकेत देखिएको छ । यता, सम्बन्धित पक्षले भने शान्तिपूर्ण संवादमार्फत समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...














