लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा स्विकृत गराएका छैनन् ।
नेपाल खानेपानी संस्थानको कर्मचारी नियामावलीको शर्त अनुसार उनीले संस्थानको पदबाट राजिनामा स्वीकृत गराएमात्र विकास कोषको नियुक्ति दिनु पर्ने बाध्यातमक अवस्था रहेको देखिएको छ । तर, दिपकले त्यो पालना गरेको देखिएको छैन । उनी रातारात विकास कोषको सदस्य सचिवको नियुक्ति लिएर कोषको कार्यालयमा हाजिर बनाउन गएका छन् ।
उनले जेन्जी सरकारको प्रधानमन्त्री शुशिला कार्कीका स्वकिय सचिव आर्दशकुमार श्रेष्ठलाई मोटो रकम ठेकि दस्तुर बुझाएर नियुक्ति लिन सफल भएका हुन । उनको नियुक्ति मंसिर ४ गतेको क्याविनेट बैठकले गरेको थियो तर, तत्कालीन मुख्य सचविले उनको नियुक्तिलाई प्रमाणीकरण नगरिदिदाँ नियुक्ति निष्कृय भएको थियो ।
त्यसपछि पुनः मंसिर १५ गतेको क्याविनेट बैठकले श्रेष्ठलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्ति गरेको हो । उनलाई चाँडो चाँडो कोषको कार्यालयमा हाजिर गराउन संस्कृति तथा पर्यटन नागारिक उद्ययान मन्त्रालयको सचिव नै फेरफेर गरिएको थियो ।
यसरी हतार हतार र दुई दुई पटक क्याविनेट प्रस्ताव लगेर नियुक्ति गर्नु पर्ने बाध्यता के थियो ? यो प्रश्न निक्कै पेचिलो बन्दै गएको छ ।
यसरी स्वार्थ समुहहरुले आफ्नो स्वार्थपुर्ति गरेको प्रष्टसँग देखिदाँ समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरु र आयुक्तहरुले आँखा चिम्लेर, कान बन्द गरेका बस्नुको रहस्य अचम्मकै देखिएको छ ।
श्रेष्ठ नेपाल खानेपानी सस्थानमा एउटा एक पाने राजिनामा दिएका छन । तर, उक्त राजिनामाको सनाखत भएर स्वीकृति भने भएको छैन । उनी संस्थानको पद लियनका रुपमा राख्ने प्रयासमा लागेका छन । यसरी संस्थानको पद लियन राख्न संस्थानको कर्मचारी विनियम र लुम्बिनी विकास कोषको कर्मचारी विनियम विपरीत हुने देखिएको छ ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...












