ताजा समाचार

विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम

काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् ।

विशेष आग्रहपछि उम्मेदवारी फिर्ताको निर्णय लिएको गाैतमले न्यूज नेपाललाई जानकारी दिए ।

यद्यपि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेका कारण मतपत्रमा उनको नाम भने रहनेछ।

यसअघि गाैतम एमाले प्रचार विभाग प्रमुख हुन् । उनी केपी ओली टिमबाटै उपमहासचिवको आकांक्षी थिए। ओलीको टिमबाट रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल उपमहासचिवको उम्मेदवार बनेपछि गौतमले उपमहासचिव पदमै स्वतन्त्र उम्मेदवारी दिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org