एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ ।
महासचिव पदका कारण अध्यक्षका उम्मेदवार केपी ओलीको प्यानलमा नै ठूलो संकट सिर्जना भएपछि ईश्वर पोखरेल पक्षले आफूतर्फ नेता, प्रतिनिधिलाई आकर्षित गरिरहेको छ ।
शंकर पोखरेललाई महासचिव चयन गर्न ओलीले ठूलो बल लगाएपछि प्रदीप ज्ञवालीदेखि अन्य नेताहरु रुष्ट बनेका थिए । जसोतसो ओलीले फकाएपनि उनीहरुले आन्तरिक रुपमा पाण्डेलाई मत दिन निर्देशन दिएको स्रोतको दाबी छ ।
ओली पक्षले मतदानका निम्ति नामसहितको पत्र नै बाँडेपनि पाण्डेको पक्षमा उभिएका प्रतिनिधि र नेताहरुको संख्या बढि रहेको देखिन्छ ।
ओलीको एकलाैटी तोड्नकै लागि भएपनि पोखरेललाई पराजित गर्ने गरि काम अघि बढेको स्रोतको दाबी छ । उसोतः पाण्डे बलियो उम्मेदवार हुन भने कुनैबेला महासचिवमा ओलीविरुद्ध अध्यक्षका उम्मेदवार रहेका ईश्वर पोखरेलसंग झिनो मतान्तरले महासचिवमै पराजित हुन पुगेका थिए । पाण्डे अहिले एमाले उपाध्यक्ष थिए भने उनले महासचिवका निम्ति देखाएको लोभमा समेत नेताहरु खुशी देखिएका छन् ।
ओली पक्षलाई पाण्डेलाई महासचिवमा जिताएमात्रै पनि ठूलो सन्देश दिन सकिने भन्दै नेताहरुले यसको तयारी गरिरहेका छन् ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











