व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन् ।
विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डेरी स्कुलमा शनिवार आयोजित कारखाना प्रदर्शनीको कार्यक्रममा पुग्ने अभिभावकहरु दङ्ग देखिएका हुन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुले आ–आफ्ना पाठ्यक्रममा रहेका विषयवस्तुहरूलाई व्यवहारत विभिन्न उपकरण मार्फत प्रस्तुती देखाएका हुन् ।
आफ्ना आविस्कारहरुले कसरी काम गर्छ रु तिनको उपयोगिता कस्तो हुन्छ ? आविस्कारहरुले मानव जीवनलाई कसरी सहज बनाउँछ जस्ता विषयमा विद्यार्थीहरुले अभिभावकलाई बुझाएका थिए ।
अभिभावक तथा पत्रकार ध्रुव भट्टराईले यस्ता कृयाकलापले बालबालिकाको सिकाई क्षमतालाई निकै प्रभावकारी बनाउने बताए। उनले आफ्नी छोरीहरुको परियोजना कार्य हेरेर आफैलाई पनि गर्व वोध भएको बताए।
यस्तै अर्का अभिभावक राजेश गिरिले बच्चाहरुको क्षमता हेर्दा वातावरण बनाइदिए धेरै कुरा गर्न सक्ने रहेछन् भन्ने अनुभूति भएको बताए । उनले सवै विद्यालयहरुले यस्तो वातावरण तयार गर्न सक्दा हाम्रो शैक्षिक स्तर निकै माथि उठ्ने विश्वास ब्यक्त गरे।
करिब ८ सय विद्यार्थीहरुले विभिन्न समूहमा रहेर सयौं परियोजना कार्यहरुको प्रदर्शनी गरेका छन् । विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीका अनुसार विद्यार्थीहरुले कक्षा कोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर देखाउने यो महत्वपूर्ण ‘प्ल्यार्टफर्म’ रहेको बताए।
एभरेष्टले बालबालिकामा अन्वेषण र आविष्कारमा चासो बढोस् भन्ने उद्देश्यका साथ कारखानासँग सहकार्य गर्दै आएको छ । सोहि अनुसार शनिवार कारखाना प्रदर्शनी गरिएको हो ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्टले हरेक वर्ष यस्ता गतिविधि गर्दै आएको स्मरण गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीमा समूहमा काम गर्ने, आत्मविश्वासमा वृद्धि हुने तथा अन्वेषणमा रुचि बढ्ने विश्वास ब्यक्त गरे।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












