व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन् ।
विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डेरी स्कुलमा शनिवार आयोजित कारखाना प्रदर्शनीको कार्यक्रममा पुग्ने अभिभावकहरु दङ्ग देखिएका हुन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुले आ–आफ्ना पाठ्यक्रममा रहेका विषयवस्तुहरूलाई व्यवहारत विभिन्न उपकरण मार्फत प्रस्तुती देखाएका हुन् ।
आफ्ना आविस्कारहरुले कसरी काम गर्छ रु तिनको उपयोगिता कस्तो हुन्छ ? आविस्कारहरुले मानव जीवनलाई कसरी सहज बनाउँछ जस्ता विषयमा विद्यार्थीहरुले अभिभावकलाई बुझाएका थिए ।
अभिभावक तथा पत्रकार ध्रुव भट्टराईले यस्ता कृयाकलापले बालबालिकाको सिकाई क्षमतालाई निकै प्रभावकारी बनाउने बताए। उनले आफ्नी छोरीहरुको परियोजना कार्य हेरेर आफैलाई पनि गर्व वोध भएको बताए।
यस्तै अर्का अभिभावक राजेश गिरिले बच्चाहरुको क्षमता हेर्दा वातावरण बनाइदिए धेरै कुरा गर्न सक्ने रहेछन् भन्ने अनुभूति भएको बताए । उनले सवै विद्यालयहरुले यस्तो वातावरण तयार गर्न सक्दा हाम्रो शैक्षिक स्तर निकै माथि उठ्ने विश्वास ब्यक्त गरे।
करिब ८ सय विद्यार्थीहरुले विभिन्न समूहमा रहेर सयौं परियोजना कार्यहरुको प्रदर्शनी गरेका छन् । विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीका अनुसार विद्यार्थीहरुले कक्षा कोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर देखाउने यो महत्वपूर्ण ‘प्ल्यार्टफर्म’ रहेको बताए।
एभरेष्टले बालबालिकामा अन्वेषण र आविष्कारमा चासो बढोस् भन्ने उद्देश्यका साथ कारखानासँग सहकार्य गर्दै आएको छ । सोहि अनुसार शनिवार कारखाना प्रदर्शनी गरिएको हो ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्टले हरेक वर्ष यस्ता गतिविधि गर्दै आएको स्मरण गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीमा समूहमा काम गर्ने, आत्मविश्वासमा वृद्धि हुने तथा अन्वेषणमा रुचि बढ्ने विश्वास ब्यक्त गरे।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












