‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। ‘कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी’ एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । पशुअधिकारको क्षेत्रमा लामो समयदेखि प्रभावकारी काम गर्दै आएको एनिमल नेपाल, उपभोक्ता हित संरक्षण मञ्च नेपाल र ओपेन विङ अलायन्सको सहकार्यमा काठमाडौंको नयाँ बानेश्वरस्थित एभेरेस्ट होटेलमा शुक्रबार (पुष २६ गते) साँझ छलफल भएको हो ।
कार्यक्रममा सहभागी विज्ञहरुले जसरी एउटा देशबाट अर्को देशमा जानका लागि भिसाको आवश्यकता पर्दछ त्यसैगरी पशुपंक्षी तथा अण्डालाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा लेबलिङ आवश्यक भएको जनाए । अहिलेसम्म एन्टिबायोटिकका बारेमा भएका अध्ययनबारे जानकारी गराउन पनि छलफल कार्यक्रमको आयोजना गरिएको थियो । पशुजन्य खाद्य उत्पादन र मासुमा अप्रत्यक्ष एन्बिायोटिक भएकाले यसको असर मानव स्वास्थ्यमा हुन नदिन यस छलफलले केही काम गर्न सघाउ पुर्याउने एनिमल नेपालकी लाइभस्टक विभाग प्रमुख सुलक्षणा राणाले विश्वास लिनु भएको छ । एन्टिबायोटिक खुवाइएको कुखुराको मासुबाट एउटा स्वस्थ मानिसको मानसिक तथा शारिरीक अवस्थामा नकारात्मक प्रभाव पार्ने राणाको दाबी छ । कुखुराको मासुमा एन्टिबायोटिकको प्रयोग भइरहेको व्यापक चर्चा हुने गरेको राणा बताउनु भयो । यसको मात्रा कति छ र यसले मानव स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने विषयमा विस्तृत अध्ययनको आवश्यकतामाथि उहाँले जोड दिनुभयो । एनिमल नेपालले उपभोक्ता हित संरक्षण मञ्च नेपालसँग सहकार्य गर्दै यस दिशामा काम गरिरहेको उहाँले छलफल कार्यक्रमको सुरुवातमा जानकारी दिनु भयो । कुखुरामा एन्टिबायोटिक कति छ, यसले इन्भाइरोमेन्ट र पब्लिक हेल्थमा कति प्रभाव पार्छ भन्नेमा अनुुन्धान आवश्यक रहेको राणाले बताउनु भयो । मानिस विरामी भएको बेला पनि एन्टिबायोटिक र आफूले खाने मासुमा पनि एन्टिबायोटिक हुँदा स्वास्थ्यमा असर भइरहेको अवस्था छ । ‘‘हामी नेपाली यति मेहनत गरेर काम गरिरेका छों तर एन्टिबायोटिकको प्रयोग गरेर हाम्रो शरीरलाई रोगको घर बनाएका छौं’, अध्यक्ष राणाको भनाई छ ।
अण्डामा लेबलिङ एकदमै आवश्यक भएको छलफलमा सहभागीहरुले बताए । उपभोक्ता हित संरक्षणा मञ्चका अध्यक्ष ज्योति बानियाँले संस्थाले न्युट्रिशन लेबलिङको विषयमा बारम्बार आवाज उठाइरहेको जनाउनु भयो । सरकारसँग सहकार्य गर्दै अघि बढ्न मन्च तयार रहेको उहाँको भनाइ थियो । नेपालमा अण्डामा लेबलिङको काम नै नभएको जनाउँदै उहाँले उपभोक्ताले कस्तो र कहाँबाट उत्पादित अण्डा खाइरहेका छन् भन्ने थाहा नपाउने अवस्था भएको गुनासो गर्नु भयो ।
उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष एवम् वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमल्सिनाले कुखुरामा प्रयोग हुने एन्टिबायोटिक र अण्डामा गरिने लेबलिङ सम्बन्धमा प्रस्तुतीकरण दिनु भयो । यस्ता क्रियाकलापलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सम्बन्धमा सबैको चासो हुनुपर्ने उहाँको भनाइ थियो । नेपालमा प्रयोग हुने एन्टिबायोटिकको प्रकार, उद्देश्य, चुनौती र गरिएका अनुसन्धानलगायतका बारेमा तिमल्सिनाले प्रस्तुतीकरण गर्नुभयो । उहाँले ३० वटा कुखुरा फार्ममा गरिएको अनसन्धानअनुसार ९० प्रतिशतमा एन्टिबायोटिक प्रयोग गरेको अनुसन्धानले देखाएको दृष्टान्त प्रस्तुत गर्नुभयो । अधिकांश कुखुरा फार्मले एन्टिबायोटिक प्रयोग गरेको अनुसन्धानबाट पत्ता लागेको जनाउँदै उहाँले कुन एन्टिबायोटिक कुन रोग लाग्दा कुखुरालाई दिइन्छ भन्ने विषय कुखुरा पालकलाई ज्ञान नभएको बताउनु भयो । मान्छेलाई अन्तिम अवस्थामा दिइने एन्टिबायोटिक कुखुरामा पनि प्रयोग गरेको पाइएकाले यसमा सरोकारवाल पक्ष गम्भीर हुन आवश्यक भएको उहाँले जनाउनु भयो । जथाभावी एन्टिबायोटिकको प्रयोग नियन्त्रण गर्न सरकारले प्रभावकारी सर्वेक्षण र हस्तक्षेपकारी नीति अपनाउन आवश्यक भएको उहाँको ठहर छ । उपभोक्ता हितसम्बन्धी नीति तथा कानुनी व्यवस्था संरचनाहरु कानुनमा उल्लेख छ तर पनि बजारमा कुखुराको स्वच्छ मासु नपाउनु गम्भीर विषय हो । एन्टिबायोटिकको सुरक्षित र जिम्मेवारपूर्ण प्रयोग, अनुचित प्रयोगको रोकथामका लागि गर्नुपर्ने प्रयोग सम्बन्धमा कार्यक्रममा प्रष्ट पारिएको थियो ।
यसैबीच अण्डामा लेबलिङका सम्बन्धमा प्रष्ट पार्दै लेबलिङ गरेर पनि म्याद गुज्रिएका बिक्री गरेमा त्यसले स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने तिमल्सिनाले जनाउनु भयो । अण्डामा लेबलिङको सर्वेक्षणसम्बन्धी नतिजा प्रष्तुत गर्दै तिमल्सिनाले बजारमा बेच्न राखिएका ८५ प्रतिशत कुखुरा फार्मले लेबलिङ नगरेको अनुसन्धानबाट खुलेको जनाउनु भयो । अधिकांश फर्मले लेबल नलगाई अण्डा वितरण गरेकाले सिधै फार्मले लगाउनुपर्ने व्यवस्था गर्नुपर्ने उहाँको जोड थियो । अनुसन्धानअनुसार १० प्रतशत उपभोक्ताले मात्रै अण्डामा लेबल नटाँसिएको गुनासो गरेका छन् । अन्य ९० प्रतिशतमा चेतना नै नभएको अनुसन्धानको निष्कर्ष छ । अन्डा खरिद गर्दा तपाईँले लेबल मिति र फर्मको नाम एकिन हुन के गर्नुहुन्छ भन्ने प्रश्नमा उपभोक्ताहरुले सफा देखिएपछि लिने गरेको जवाफ दिएका थिए । लेबल लगाएको अण्डा फार्मबाट खरिद गर्न ८७ प्रतिशत ब्यापारी तयार भएको अनुसन्धानले देखाएको छ । उत्पादन र प्याक गरेको मिति ५ प्रतिशतले मात्रै राख्ने गरेका छन् । ९५ प्रतिशतले फार्मले आफ्नो नाम पनि उल्लेख गर्दैनन् ।
कुखुरामा एन्टिबायोटिकको प्रयोग र अण्डाको लेबलिङ सम्बन्धमा उपभोक्तालाई सचेत गराउन आवश्यक देखिएको छ । यस्तै यसलाई व्यवस्थित नियन्त्रण गर्नका लागि सरकार, सरोकारवाल पक्ष, विज्ञ र कुखुरा फार्म सञ्चालकको सहकार्यमा उचित कदम चाल्न आवश्यक छ । पब्लिक हेल्थमा खेडबाड गर्न कसैलाई पनि छुट नभएको तिमल्सिनाले गरेकाे अनुसन्धानको निष्कर्ष छ ।
कार्यक्रममा सहभागी कुखुरा फार्म व्यवसायीहरुले सरोकारवाल र अनुसन्धानको निष्कर्ष सुन्दा व्यवसाय सञ्चालन गर्न चुनौती देखिएको प्रतिक्रिया दिएका थिए । यस्ता क्रियाकलापलाई नियन्त्रण गर्न सरकारले नै उचित व्यवसायजन्य नीति ल्याउनुपर्नेमा उनीहरुले जोड दिए । बजारको अवस्था बुझ्दा सरकार, उपभोक्ता र व्यवसायी नै त्रसित हुनुपर्ने अवस्था देखिएको केही वक्ताहरुको भनाइ थियो । यस्तै राज्यपक्ष अलिकति पनि जिम्मेवार नभएको बताउँदै परीक्षण नाम मात्रको भएको सहभागीहरुले गुनासो गरे ।
काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागका चिफ फुड टेक्नोलोजिस्ट अशोक पराजुलीले कानुनी आधार प्रष्ट भएमा यसको व्यवस्थापन गर्न सजिलो हुने बताउनु भयो । उहाँले कुन फार्मबाट अन्डा वितरण भएको हो भन्ने कुरा थाह पाउन डिजीटल सिस्टम प्रभावकारी हुने जनाउनु भयो ।
जिल्ला अस्पताल डोल्पाका मेडिकल अफिसर डा. अखण्ड उपाध्यायले गुडाएर ल्याइनेभन्दा उडाएर ल्याइने मासु स्वास्थ्यका लागि खतरापूर्ण रहेको जनाउनु भयो । ‘कुखुरा कताबाट ल्याइएको हो भन्ने थाह नहुनाले न्यूट्रिशन भ्याल्यूमा दर्गम भेगका मानिसहरु समस्यामा परेका छन्’, उहाँले भन्नुभयो । हरेक जिल्लामा एन्टीबायोटिक ल्याबहरु स्थापना गर्नुपर्ने मेडिकल अफिसर उपाध्यायको जोड छ ।
यस्तै अर्का विशिष्ट व्यक्तित्व गोकर्ण अर्यालले सरकारी स्तरबाट पहलहरु भएपनि चुनौतीहरु भएको भनाइ राख्नु भयो । यसलाई नियन्त्रण गर्न सरकार, सम्बन्धित पक्ष र पत्रकारको सहकार्यमाथि उहाँले जोड दिनु् भयो । ‘सरकारको सिस्टम र कामप्रतिको विश्वसनीयता कमजोर छ, यसलाई सवल बनाइयोस्’, अर्यालले बताउनु भयो ।
यसैगरी शिक्षण अस्पताल काठमाडौं कम्युनिटी हेल्थ साइन्स चिफ (सीडीपीएचका हेड अफ डिरेक्टर) राजन पौडेलले अनुसन्धान गर्नका लागि मास्टर्स तहको करिकुलम परिर्वतन गर्न लागेको जनाउनु भयो । कुखुरामा एन्टीबायोटिकको प्रयोग र अण्डामा लेबलिङ आदि विषय पाठ्यक्रममा समेट्नु पर्ने विषय भएको जनाउनु भयो । उहाँले भन्नुभयो, ‘कुखुरा तथा अन्डाको उत्पादन घटाउनु हुँदैन, आत्मनिर्भर हुनुपर्छ, यस समस्याको समाधान गर्न विभिन्न अनुसन्धानहरु हुनुपर्छ, अध्ययन व्यापक हुनुपर्यो । ‘
४२ जिल्लामा गरिएको एक अनुसन्धानअनुसार हामीले खाने मासुमा एन्टीबायोटिक रेसिड्यु पाइएको पौडेलले बताउनु भयो । ‘ड्रग एक्ट २०३५ सालमा बन्यो तर तर भेटेरेनरीको विषय छैन, यसलाई राखिनु पर्छ’, उहाँले भन्नुभयो । एन्टीबायोटिक प्रयोग गरिएको कुखुरा र अन्डा खाँदा बच्चादेखि बृद्धसम्मको स्वास्थयमा विभिन्न किसिमले असर गरेको अनुसन्धानबाट खुलेको उहाँले जनाउनु भयो । उहाँले भन्नुभयो , ‘गर्भवती महिला र पेटमा भएको बच्चामा समस्या बढी हुन्छ, यस्तै केटाकेटीको दाँत पहेँलो हुने, आन्द्रामा समस्या हुँदा पाँचन प्रणालीमा असर हुने, डायरिया, लिभरमा समस्या हुने, बृद्ध मानिसको अर्गानिक फेलर, लिभरमा स्ट्रेस हुन्छ, किड्नी डिजिज हुन्छ, युनिभर्सल रिस्क एलर्जी प्रोब्लमलगायत समस्या हुन्छ । यस कारण एन्टीबायोटिकको सवाललाई महत्वका साथ हेरिनुपर्नेमा उहाँले जोड दिनु भयो । कुखुरा तथा अण्डा उत्पादनलाई प्रमोट गर्दै एन्टीबायोटिकको प्रयोगलाई निरुत्साहित गर्ने सरकारी नीतिको आवश्यकतामाथि उहाँले जोड दिनु भयो ।
छलफलमा सहभागी सरकार निकट अन्य वक्ताहरुले छलफल कार्यक्रमले केही ब्याकग्राउण्ड क्रियट गरेको जनाए । उनीहरुले भने, ‘यस छलफलमा उठाइएका विषयबस्तुले नीति तथा कानुन कार्यान्वयन गर्न गाइड गरेको छ । सरकार कानुनी र नीतिगतरुपमा स्पष्ट रहेको र कार्यान्वयनमा पनि सही किसिमले लाग्ने छ। ‘
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागको महानिर्देशक डा. उमेश दाहालले सन् १९२८ मा एन्टीबायोटिक पत्ता लागेपछि संसारभर खुसायाली छाएको स्मरण गराउनु भयो । यस्तै सन् १९४० देखि यसको समूचित प्रयोग गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको पनि उहाँले प्रष्ट पार्नुभयो । जथाभावी एन्टीबायोटिकको प्रयोग गरिए यो साइलेन्ट किलरको रुपमा विकास हुने उहाँको भनाइ थियो । यसको जानी\नजानी जथाभाबी कुखुरामा प्रयोग गरिएको भए सबै पक्ष मिलेर यो समस्या समाधान गर्न विभाग तत्पर रहेको जनाउनु भयो । डा. दाहालले एन्टिबायोटिकको संयमित तथा समुचित प्रयोग अत्यावश्यक रहेको जनाउँदै यसका लागि पशु सेवा विभाग सचेत रूपमा लागिरहेको जानकारी दिनु भयो । यसैगरी उहाँले नेपालमा हालसम्म अण्डामा लेबलिङको व्यवस्था नभएको अवस्थामा अब यसको सुरुवात गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । छलफलको प्रस्तुती तथा केही वक्ताहरुको भनाइ अनुसारको बिकराल समस्याहरु भने देशमा नभएको उहाँले प्रष्ट पार्नुभयो । मानव स्वास्थ्यमा असर गर्ने गरी आवश्यकताभन्दा बढी एन्टीबायोटिक प्रयोग गर्न हुँदैन भन्नेमा पशुसेवा विभाग सचेत रहेको प्रष्ट पार्नु भयो । उहाँले छलफलमा सहभागीलाई ध्यानाकर्षण गराउँदै भन्नुभयो, ‘विभागले पशुहरुमा एन्टीबायोटिक प्रयोग गर्ने प्रबृति बन्द गरिसकेको छ । जनचेतना अभिबृद्धि गर्दै एन्टीबायोटिकको अल्टरनेटिभ प्रयोग गर्ने योजना अगाडि बढाइएको छ । बिक्रम सम्बत् २०६४ मा ब्रोइलर कुखुराको मापदण्ड बनाइएको र त्यो चाँडै परिमार्जन गर्ने क्रममा छोैं । अब एन्टीबायोटिक गाइडलाइन ट्रिटमेन्ट बन्ने चरणमा छ ।’
नेपालमा कुखुराको मासु तथा अण्डा उत्पादनमा एन्टिबायोटिकको जथाभावी प्रयोगले एन्टिमाइक्रोबियल रेसिस्टेन्सको जोखिम बढेको विभिन्न अध्ययनहरूले देखाएका छन् । यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले नियमन र सचेतना दुवै आवश्यक देखिएको छ। यो समस्या समाधान गर्न सरकारी निकाय, उत्पादक, उपभोक्ता, पत्रकारलगायत सबैको सक्रिय सहभागिता जरुरी रहेको सरोकारवालहरुले जोड दिए ।
यस छलफलले उपभोक्ता स्वास्थ्य संरक्षण र पशुजन्य उत्पादनको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । पशु सेवा विभागले अण्डा लेबलिङ र एन्टिबायोटिक प्रयोग नियन्त्रणका लागि चाँडै नीतिगत तथा व्यावहारिक कदम चाल्ने संकेत गरेको छ ।
Comments
अरु समाचार
-
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन...
-
कार्यविधि बनाएर कांग्रेसको बन्दसत्र कार्यक्रम अघि बढाइँदै
काठमाडौं । हिजोबाट सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज कार्यविधि बनाएर अघि बढाइँदैछ । बिहानको खाजापछि बन्दसत्र सुरु...
-
विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई...
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा...
-
निर्वाचन हुन ५३ दिन मात्र बाँकी, सामाजिक सञ्जाल आचारसंहिता कार्यान्वयनमा
काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको...
-
कांग्रेसका ५ प्रदेश र ४७ जिल्ला सभापतिहरू विशेष महाधिवेशनको विपक्षमा
काठमाण्डौ – कांग्रेसका ५ प्रदेश र ४७ जिल्ला सभापतिहरूले विज्ञप्ति निकालेर विशेष महाधिवेशनको विरोध गरेका छन् । उनीहरुले भेला, समारोहमा...
-
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा स्थगित
कांठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ । पूर्वमन्त्री तथा नेपाली...
-
मुलुकमा २८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति
काठमाडौं । मुलुकमा कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब ६६ अर्ब ४७ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र...
-
निर्वाचन ५४ दिन बाँकी : आचारसंहिता लागू गर्ने अन्तिम तयारी
काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ ।...













