ताजा समाचार

राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा राजीनामा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका छन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार श्रेष्ठले आज राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका हुन्।

राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर श्रेष्ठ प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सी उम्मेदवारी दर्ताको समय रहेकामा त्यसको दुई दिन अगाडि उनले राजीनामा दिएका हुन्।

श्रेष्ठले यसअघि २०७० सालमा मकवानपुर र २०७४ सालमा गोरखाबाट प्रतिनिधिसभा निर्वाचन लडेका थिए। त्यसपछि उनी २०७६ सालमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेर निर्वाचित भएका थिए। ६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै थियो।

एक महिना अगावै राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनमा जाने तयारी गरेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org