जगदीश खरेलको रास्वपाबाट ललितपुर–२ मा उम्मेदवारी पक्का !
काठमाडौं । सञ्चारमन्त्री पदबाट सोमबार राजीनामा दिएका जगदीश खरेल मंगलबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने भएका छन् । पार्टी प्रवेश तथा स्वागत कार्यक्रम मंगलबार बिहान ११ बजे आयोजना गरिने रास्वपाले जनाएको छ ।
पार्टी प्रवेशसँगै खरेल ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने पक्का भएको छ । यसअघि चुनाव लड्ने विषयमा स्पष्ट निर्णय नगरेका खरेलले मनोनयन दर्ता सुरु हुनुअघि मन्त्री पदबाट राजीनामा दिएका थिए ।
भदौ २३ र २४ गते सम्पन्न जेन जेड आन्दोलनपछि निर्वाचन सम्पन्न गराउने प्रमुख दायित्वसहित गठन भएको वर्तमान सरकारबाट हालसम्म चार जना मन्त्रीले पद त्याग गरिसकेका छन् । केहीबेर अघि मात्रै शिक्षामन्त्री महावीर पुनले आफ्नै अभियानलाई निरन्तरता दिने भन्दै राजीनामा दिएका छन् ।
यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले पद त्याग गरी उज्यालो नेपाल पार्टीको अध्यक्षका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । त्यसैगरी युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पनि रास्वपाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका छन् ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












