ताजा समाचार

झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन् । उनले मंगलबार बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ ।

उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार छन् । ओलीले मंगलबार दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओली सोमबार नै झापा पुगेका थिए भने बालेन शाह जनकपुरमा आयोजित कार्यक्रम सकेर मंगलबार मात्रै झापा आइपुगेका हुन् । बालेनले सामाजिक सञ्जालमार्फत मंगलबार बिहान आफू झापा–५ पुगेको जानकारी दिएका छन् ।

झापा–५ मा दुई प्रभावशाली नेताबीच हुने प्रतिस्पर्धाले चुनावी माहोल थप चर्किएको छ । दुवै नेताको उम्मेदवारी दर्तासँगै यस क्षेत्रमा राजनीतिक गतिविधि अझ तीव्र हुने देखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org