ताजा समाचार

महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी, रास्वपाले समर्थन गर्ने

काठमाडौं । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् ।

उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् । पुनले म्याग्दीबाटै प्रधानमन्त्री समक्ष राजीनामा पेश गरेका थिए ।

स्वतन्त्र उम्मेदवारी दर्ता गरेसँगै उनलाई एमालेबाट निर्वाचित अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष माइलन पुर्जाले समर्थन जनाएका छन् । पुर्जाले यसअघि म्याग्दीमा एमालेबाट युवा नेता प्रकाश पौडेललाई उम्मेदवार बनाउनुपर्ने धारणा राख्दै आएका थिए ।

महावीर पुनको स्वतन्त्र उम्मेदवारीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समेत समर्थन गर्ने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org