ताजा समाचार

डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग

काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले पनि साधारण सदस्य नरहने गरी पार्टी छाडेका हुन्।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले पहिचानसम्बन्धी एजेन्डामा पार्टीले स्पष्ट र लिखित वैचारिक धारणा प्रस्तुत गर्न नसकेको आरोप लगाएका छन्। यही कारण पार्टीमा बसिरहनु नैतिक रूपमा असम्भव भएको उनीहरूको भनाइ छ।

इलाम उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका थेगिम उज्यालो पार्टीको समानुपातिक बन्दसूचीमा थिए। पार्टी परित्यागपछि उनीहरूले पहिचानवादी मोर्चालाई सुदृढ गर्दै आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।

डकेन्द्रसिंह थेगिमसहितले जारि गरेकाे विज्ञप्ती 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org