उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।
उच्च अदालतका न्यायाधीश राजु खतिवडा लाई महान्यायाधिवक्तामा नियुक्त गर्ने सम्भावना रहेको स्रोतको दाबी छ ।
तत्कालीन समयमा बालेन्द्र शाहले काठमाडौं महानगरको मेयरमा निर्वाचन जित्दा खतिवडा निर्वाचन प्रमुखको भूमिकामा रहेका थिए। सो समयदेखि विकसित भएको सम्बन्ध अहिले महत्वपूर्ण संवैधानिक पदसम्म पुग्ने देखिएको छ।
यसैबीच, वर्तमान महान्यायाधिवक्ता सविता भण्डारी ले आफ्नो पदबाट राजीनामा दिएकी छन्, जससँगै नयाँ नियुक्तिको प्रक्रिया अघि बढ्ने अनुमान गरिएको छ। सर्वाधिक विवादास्पद निर्णय गर्दै बाहिरिएकी भण्डारीपछि सरकारको प्रमुख कानूनी सल्लाहकार पदमा खतिवडाको सम्भावना बढेको बताइएको छ ।
उसोत: महान्यायधिवक्ताका लागि सुवास आचार्य, कमल इटानी र दीपेन्द्र झाको चर्चा भएपनि झा अमेरिका अध्ययनका लागि जाने तयारीमा रहेको वताइन्छ ।
यस विषयमा आधिकारिक निर्णय भने हुन बाँकी रहेको छ।
Comments
अरु समाचार
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ...
-
कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि, न्यूनतम ४० हजार
काठमाडौं । सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४०...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
आज आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै सरकार, सुशासनलाई प्राथमिकता
काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट सार्वजनिक गर्दैछ । बजेटमा अनावश्यक खर्च कटौती र वित्तीय अनुशासनलाई...
-
भारतीय नागरिक, चिनियाँ सिम र ती युवती काजोल
काठमाडौं । राज्यका विभिन्न निकायमा हुने गरेका अनियमितता,राज्य सञ्चालनका क्रममा राजनीतिक तहबाट हुने हस्तक्षेप र सरकारका नीति-निर्णयहरुबारे तीन दशकभन्दा लामो...
-
अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य, एसियाली शेयर बजारमा गिरावट
तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर...
-
विद्यालय पोशाकमै विद्यार्थीलाई प्रदर्शनमा उतार्ने योजनाबद्ध प्रयास भएको आयोगको निष्कर्ष
काठमाडौं । गत वर्ष भदौमा भएको जेनजी प्रदर्शनमा विद्यार्थीहरूलाई विद्यालय पोशाकमै सहभागी गराउन योजनाबद्ध रूपमा आह्वान गरिएको खुलासा भएको छ...












