बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्।
अर्थमन्त्रालयले बजेट लेखनको काम तीब्र गतिमा गरिरहेको बेला प्रधानमन्त्रीको कार्यालयले बजेटबारे सुझाव मागेपछि अर्थमन्त्रालयमा बजेट लेखनमा सक्रिय रहेका टोली अलमलमा देखिएका हुन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट लेखनलाई ऐतिहािक बनाउने दाबी गरिरहेको बेला प्रधानमन्त्री कार्यालयले नै सक्रियता बढाएपछि अलमल देखिएको हो। यतिमात्रै नभई सरकारले बजेट लेखनमा सक्रिय सहसचिवहरुको सरुवा नै गरिदिएपछि कर्मचारीहरु आश्चार्यमा परेको स्रोतको दाबी छ।
न्यूज नेपालसंग एक कर्मचारीले भने, ‘बजेट अर्थमन्त्रालयले प्रधानमन्त्रीको निर्देशनमा लेख्ने हो। अहिले त अर्थमन्त्रालयले गरिरहेको काममा प्रधानमन्त्री कार्यालयले समानान्तर बजेट लेख्न थालेको जस्तो देखिन्छ। यसले शक्ति केन्द्रिकरणमात्रै नभई मन्त्रीहरुको विज्ञता र भूमिकामा पनि प्रश्न उब्जाएको छ। बजेट लेखन चलिरहेको छ। तर, कुन दिन प्रधानमन्त्रीको निर्देशन भन्दै सबै फेरबदल हुने हो टुंगो छैन्।’
आगामी वर्षको बजेट जेठ १५ भित्रै संसदमा पेश गरिसक्नुपर्छ। अहिले अर्थमन्त्रालयले बजेट लेखन तीब्र पारिरहेको छ। यता, प्रधानमन्त्री कार्यालयले पनि सुझाव भन्दै यसरी सक्रियता अघि बढाएपछि अन्योलता र आश्वार्य सिर्जना गरेको बताइन्छ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












