बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्।
अर्थमन्त्रालयले बजेट लेखनको काम तीब्र गतिमा गरिरहेको बेला प्रधानमन्त्रीको कार्यालयले बजेटबारे सुझाव मागेपछि अर्थमन्त्रालयमा बजेट लेखनमा सक्रिय रहेका टोली अलमलमा देखिएका हुन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट लेखनलाई ऐतिहािक बनाउने दाबी गरिरहेको बेला प्रधानमन्त्री कार्यालयले नै सक्रियता बढाएपछि अलमल देखिएको हो। यतिमात्रै नभई सरकारले बजेट लेखनमा सक्रिय सहसचिवहरुको सरुवा नै गरिदिएपछि कर्मचारीहरु आश्चार्यमा परेको स्रोतको दाबी छ।
न्यूज नेपालसंग एक कर्मचारीले भने, ‘बजेट अर्थमन्त्रालयले प्रधानमन्त्रीको निर्देशनमा लेख्ने हो। अहिले त अर्थमन्त्रालयले गरिरहेको काममा प्रधानमन्त्री कार्यालयले समानान्तर बजेट लेख्न थालेको जस्तो देखिन्छ। यसले शक्ति केन्द्रिकरणमात्रै नभई मन्त्रीहरुको विज्ञता र भूमिकामा पनि प्रश्न उब्जाएको छ। बजेट लेखन चलिरहेको छ। तर, कुन दिन प्रधानमन्त्रीको निर्देशन भन्दै सबै फेरबदल हुने हो टुंगो छैन्।’
आगामी वर्षको बजेट जेठ १५ भित्रै संसदमा पेश गरिसक्नुपर्छ। अहिले अर्थमन्त्रालयले बजेट लेखन तीब्र पारिरहेको छ। यता, प्रधानमन्त्री कार्यालयले पनि सुझाव भन्दै यसरी सक्रियता अघि बढाएपछि अन्योलता र आश्वार्य सिर्जना गरेको बताइन्छ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...












