संसदमा उठेका प्रश्नको जवाफ वालेन्द्रले नदिने, वाग्लेलाई जिम्मा दिएपछि के गर्लान प्रतिपक्षी दल?
काठमाडौं । सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहँदा आजको बैठकका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ अर्थमन्त्री वाग्लेले दिने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रमसँग सम्बन्धित विषयमा संसद्मा सरकारको धारणा प्रस्तुत गर्ने जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिएको बताइएको छ। सरकारको तर्फबाट अर्थ, विकास योजना, राजस्व, रोजगारी, पूर्वाधार, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विषयमा उठेका प्रश्नको जवाफ अर्थमन्त्रीमार्फत प्रस्तुत गरिने तयारी गरिएको जनाइएको छ।
यद्यपि, विपक्षी दलहरूले भने नीति तथा कार्यक्रम सरकारको समग्र कार्यदिशासँग सम्बन्धित विषय भएकाले यसको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान कायम राखेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ दिनुपर्ने माग गर्दै संसद् अवरुद्ध गरेका थिए। विपक्षीको नाराबाजी र विरोधपछि सभामुखले पटक–पटक बैठक स्थगित गर्नुपरेको थियो।
प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई संसद् र सांसदहरूको भूमिकाप्रति बेवास्ता गरिएको रूपमा व्याख्या गर्दै आएका छन्। उनीहरूले सरकार गम्भीर र जिम्मेवार भएर प्रस्तुत नभएसम्म संसद् सञ्चालन सहज नहुने चेतावनी दिएका छन्।
आज बस्ने संसद् बैठकमा पनि विपक्षी दलहरूले अवरोधलाई निरन्तरता दिने सम्भावना रहेको संसद् परिसरमा चर्चा छ। सत्ता पक्ष भने संसद् अवरोध अन्त्य गरी नीति तथा कार्यक्रममाथिको छलफललाई निष्कर्षमा पुर्याउने तयारीमा रहेको बताइएको छ। राजनीतिक सहमतिका लागि सत्ता र प्रतिपक्षबीच अनौपचारिक छलफल जारी रहे पनि अहिलेसम्म कुनै ठोस निष्कर्ष ननिस्किएको स्रोतले जनाएको छ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












