एमाले सचिवालय बैठक शनिबार बस्दै
काठमाडौँ । नेकपा एमाले को सचिवालय बैठक शनिबार बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली को स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै बैठकको स्थान भने अझै तय नभएको पार्टीले जनाएको छ।
पार्टी सचिव भानुभक्त ढकालका अनुसार बैठकको औपचारिक सूचना आइसकेको छैन तर शनिबार बस्ने तयारी भने गरिएको छ। उनले भने, ‘अध्यक्षज्यूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर बैठकको स्थान तय गरिनेछ।’
चुनावपछि अध्यक्ष ओली पहिलो पटक पार्टी बैठकमा सहभागी हुन लागेका हुन्। यसअघि गत चैत १३ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित घटनापछि उनी पक्राउ परेका थिए भने चैत २६ गते रिहा भएका थिए। त्यसयता स्वास्थ्य समस्याका कारण उनी पार्टी गतिविधिमा नियमित रूपमा फर्किन सकेका छैनन्।
ओली हिरासतमा रहेका बेला पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो। उनको अध्यक्षतामा यसअघि दुई पटक सचिवालय बैठक समेत बसेको थियो।
यसैबीच, एमालेभित्र पछिल्लो समय आन्तरिक शक्ति सन्तुलन र नेतृत्वबारे बहस चुलिँदै गएको देखिन्छ। उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ, साथै महासचिव शंकर पोखरेल लगायत नेताहरूबीच पार्टी नेतृत्व र आगामी रणनीतिबारे विभिन्न धारणा सार्वजनिक हुँदै आएका छन्।
पार्टीभित्र निर्वाचन समीक्षा समेत अहिलेसम्म औपचारिक रूपमा अघि बढ्न नसकेको बताइँदै आएको छ। सचिवालय बैठक बस्ने तयारीसँगै एमालेभित्र देखिएको आन्तरिक गतिरोधले निकास पाउने अपेक्षा गरिएको छ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...












