६ सांसदले समयमा सम्पत्ति विवरण बुझाएनन्, पाँच जना रास्वपाका
काठमाडौँ — प्रतिनिधिसभाका ६ जना सांसदले तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन असफल भएका छन्। संघीय संसद् सचिवालयका अनुसार जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउनुपर्ने म्याद दिइएको भए पनि ६ सांसदले विवरण पेश नगरेका हुन्।
प्रतिनिधिसभा २७५ सदस्यीय छ भने समयमै २५४ सांसदले सम्पत्ति विवरण बुझाएका थिए। बाँकीमध्ये ६ जनाले तोकिएको म्यादभित्र विवरण नबुझाएको संसद् सचिवालयले जनाएको छ।
सम्पत्ति विवरण नबुझाउनेमध्ये ५ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहेका छन् भने एक जना नेपाली कम्युनिस्ट पार्टीका सांसद छन्। रास्वपाका आशा झा (मोरङ), कोमल ज्ञवाली (कैलाली), तपेश्वर यादव (सिरहा), प्रमोद कुमार महतो (महोत्तरी) र रबिन महतो (सर्लाही) ले विवरण नबुझाएको बताइएको छ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद धनबहादुर बुढाले भने म्याद थपका लागि निवेदन दिएका छन्। कानुनी व्यवस्था अनुसार म्याद थप स्वीकृत भए ३० दिनभित्र सम्पत्ति विवरण बुझाउन सकिनेछ।
बाँकी पाँच सांसदले म्याद थपका लागि निवेदन समेत नदिएको संसद् सचिवालयले जनाएको छ।
भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद ग्रहण गरेको ६० दिनभित्र आफ्नो तथा परिवारको सम्पत्ति विवरण स्रोतसहित बुझाउनुपर्ने व्यवस्था छ।
सम्पत्ति विवरण समयमै नबुझाएमा रु १० हजार जरिवाना लाग्ने र विवरण नबुझाउनेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको आशंकामा अनुसन्धान अघि बढाउन सक्ने कानुनी प्रावधान छ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












