६ सांसदले समयमा सम्पत्ति विवरण बुझाएनन्, पाँच जना रास्वपाका
काठमाडौँ — प्रतिनिधिसभाका ६ जना सांसदले तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन असफल भएका छन्। संघीय संसद् सचिवालयका अनुसार जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउनुपर्ने म्याद दिइएको भए पनि ६ सांसदले विवरण पेश नगरेका हुन्।
प्रतिनिधिसभा २७५ सदस्यीय छ भने समयमै २५४ सांसदले सम्पत्ति विवरण बुझाएका थिए। बाँकीमध्ये ६ जनाले तोकिएको म्यादभित्र विवरण नबुझाएको संसद् सचिवालयले जनाएको छ।
सम्पत्ति विवरण नबुझाउनेमध्ये ५ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहेका छन् भने एक जना नेपाली कम्युनिस्ट पार्टीका सांसद छन्। रास्वपाका आशा झा (मोरङ), कोमल ज्ञवाली (कैलाली), तपेश्वर यादव (सिरहा), प्रमोद कुमार महतो (महोत्तरी) र रबिन महतो (सर्लाही) ले विवरण नबुझाएको बताइएको छ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद धनबहादुर बुढाले भने म्याद थपका लागि निवेदन दिएका छन्। कानुनी व्यवस्था अनुसार म्याद थप स्वीकृत भए ३० दिनभित्र सम्पत्ति विवरण बुझाउन सकिनेछ।
बाँकी पाँच सांसदले म्याद थपका लागि निवेदन समेत नदिएको संसद् सचिवालयले जनाएको छ।
भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद ग्रहण गरेको ६० दिनभित्र आफ्नो तथा परिवारको सम्पत्ति विवरण स्रोतसहित बुझाउनुपर्ने व्यवस्था छ।
सम्पत्ति विवरण समयमै नबुझाएमा रु १० हजार जरिवाना लाग्ने र विवरण नबुझाउनेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको आशंकामा अनुसन्धान अघि बढाउन सक्ने कानुनी प्रावधान छ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












