कर्मचारीमा त्रास सिर्जना गर्दै वालेन्द्र सरकार, कृष्णहरी समातेर देखाइदिने सन्देश किन?
काठमाडौं । उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरी पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर केरकारपछि रिहा गर्दै कर्मचारीलाई तह लगाउने सन्देश दिन सरकार अग्रसर बनेको छ।
राज्यले कर्मचारीको क्षमता, दक्षता र समग्र पक्षलाई राज्यको पक्षमा उपयोग गर्नुको सट्टा मन नपरेकाहरुलाई धरपकड गर्दै हतोत्साहित पार्ने उद्देश्यको पोल्टामा पुस्कर परेपछि कर्मचारीतन्त्रमा सन्नाटा छाएको देखिन्छ।
कर्मचारी वृत्तमा सक्षम, काविल तथा नेतृत्व क्षमतायुक्त प्रशासकका रूपमा चिनिने पुस्करलाई केही समयअघि मुख्यसचिवको दाबेदारका रूपमा समेत हेरिएको थियो। तर सरकारले सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेपछि पुस्कर अवसरबाट वञ्चित भएका थिए।
स्रोतहरूका अनुसार पुस्करले प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश पठाउँदै आफू सेवाबाट अनिवार्य अवकाश नजिक पुगेको, अझै काम गर्ने इच्छा रहेको तथा सरकारले राजदूत पदका लागि खुला आवेदन मागेकाले आवेदन दिने योजना बनाएको उल्लेख गर्दै सहयोगको अपेक्षा व्यक्त गरेका थिए। यही सन्देशलाई आधार बनाएर उनलाई नियन्त्रणमा लिइएको दाबी गरिएको छ।
यद्यपि, पुस्करलाई नियन्त्रणमा लिएपछि उनीमाथि कुन कानुनी अभियोग लगाउने भन्ने विषय स्पष्ट हुन नसकेकाले अन्ततः रिहा गरिएको थियो। आधिकारिक निकायहरूले भने घटनाबारे विस्तृत धारणा सार्वजनिक गरेका छैनन्।
यस घटनापछि कर्मचारी वृत्तमा त्रास फैलाउने उद्देश्यले पक्राउको नाकट मञ्चन गरिएको भन्दै आक्रोश शुरु भएको छ। कतिपय कर्मचारीले आफ्नो पेशागत भविष्य र अवसरका विषयमा व्यक्त गरेको अपेक्षासमेत शंकाको दृष्टिले हेरिन थाले कर्मचारीतन्त्रमा त्रासको वातावरण सिर्जना हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
प्रशासनिक क्षेत्रका जानकारहरूका अनुसार यदि कुनै कर्मचारीले वैधानिक सीमाभित्र रहेर आफ्नो अनुभव, क्षमता वा भविष्यको भूमिकाबारे संवाद गर्न खोज्दा समेत दण्डात्मक व्यवहारको सामना गर्नुपर्छ भन्ने सन्देश जाने हो भने त्यसले कर्मचारीहरूको मनोबल कमजोर बनाउन सक्छ। उनीहरूका अनुसार यस्तो प्रवृत्तिले निर्णय क्षमता भएका कर्मचारीहरू जोखिम लिन नचाहने, मौन बस्ने र प्रशासनिक संयन्त्र थप रक्षात्मक बन्ने खतरा बढ्न सक्छ।
कर्मचारीहरूलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नुको सट्टा त्रास र असुरक्षाको भावनामा सरकार अघि बढ्न खोजेको संकेतका कारण कर्मचारीहरु आफ्नो क्षमताभन्दा पनि निर्णयबाट पन्छिने खतरा बढ्ने अवस्था बन्न सक्छ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...












