कर्मचारीमा त्रास सिर्जना गर्दै वालेन्द्र सरकार, कृष्णहरी समातेर देखाइदिने सन्देश किन?
काठमाडौं । उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरी पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर केरकारपछि रिहा गर्दै कर्मचारीलाई तह लगाउने सन्देश दिन सरकार अग्रसर बनेको छ।
राज्यले कर्मचारीको क्षमता, दक्षता र समग्र पक्षलाई राज्यको पक्षमा उपयोग गर्नुको सट्टा मन नपरेकाहरुलाई धरपकड गर्दै हतोत्साहित पार्ने उद्देश्यको पोल्टामा पुस्कर परेपछि कर्मचारीतन्त्रमा सन्नाटा छाएको देखिन्छ।
कर्मचारी वृत्तमा सक्षम, काविल तथा नेतृत्व क्षमतायुक्त प्रशासकका रूपमा चिनिने पुस्करलाई केही समयअघि मुख्यसचिवको दाबेदारका रूपमा समेत हेरिएको थियो। तर सरकारले सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेपछि पुस्कर अवसरबाट वञ्चित भएका थिए।
स्रोतहरूका अनुसार पुस्करले प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश पठाउँदै आफू सेवाबाट अनिवार्य अवकाश नजिक पुगेको, अझै काम गर्ने इच्छा रहेको तथा सरकारले राजदूत पदका लागि खुला आवेदन मागेकाले आवेदन दिने योजना बनाएको उल्लेख गर्दै सहयोगको अपेक्षा व्यक्त गरेका थिए। यही सन्देशलाई आधार बनाएर उनलाई नियन्त्रणमा लिइएको दाबी गरिएको छ।
यद्यपि, पुस्करलाई नियन्त्रणमा लिएपछि उनीमाथि कुन कानुनी अभियोग लगाउने भन्ने विषय स्पष्ट हुन नसकेकाले अन्ततः रिहा गरिएको थियो। आधिकारिक निकायहरूले भने घटनाबारे विस्तृत धारणा सार्वजनिक गरेका छैनन्।
यस घटनापछि कर्मचारी वृत्तमा त्रास फैलाउने उद्देश्यले पक्राउको नाकट मञ्चन गरिएको भन्दै आक्रोश शुरु भएको छ। कतिपय कर्मचारीले आफ्नो पेशागत भविष्य र अवसरका विषयमा व्यक्त गरेको अपेक्षासमेत शंकाको दृष्टिले हेरिन थाले कर्मचारीतन्त्रमा त्रासको वातावरण सिर्जना हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
प्रशासनिक क्षेत्रका जानकारहरूका अनुसार यदि कुनै कर्मचारीले वैधानिक सीमाभित्र रहेर आफ्नो अनुभव, क्षमता वा भविष्यको भूमिकाबारे संवाद गर्न खोज्दा समेत दण्डात्मक व्यवहारको सामना गर्नुपर्छ भन्ने सन्देश जाने हो भने त्यसले कर्मचारीहरूको मनोबल कमजोर बनाउन सक्छ। उनीहरूका अनुसार यस्तो प्रवृत्तिले निर्णय क्षमता भएका कर्मचारीहरू जोखिम लिन नचाहने, मौन बस्ने र प्रशासनिक संयन्त्र थप रक्षात्मक बन्ने खतरा बढ्न सक्छ।
कर्मचारीहरूलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नुको सट्टा त्रास र असुरक्षाको भावनामा सरकार अघि बढ्न खोजेको संकेतका कारण कर्मचारीहरु आफ्नो क्षमताभन्दा पनि निर्णयबाट पन्छिने खतरा बढ्ने अवस्था बन्न सक्छ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












