२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा २५ अर्ब बराबरको बिगो दाबी गर्दै मुद्दा दर्ताको हुने भएको छ।
विभागले ३२ जनाविरुद्ध अर्बौं रुपैयाँ बराबरको शंकास्पद कारोबारको अनुसन्धान टुंग्याउँदै विशेष अदालतमा अभियोगपत्र लैजाने लागिएको हो।
भट्टलाई यसअघि नै सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरिएको थियो। उनीमाथि शेयर बजार, बीमा, पुनर्बीमा, जलविद्युत्, बैंकिङ तथा विभिन्न लाइसेन्स प्राप्ति प्रक्रियामा प्रभाव प्रयोग गरी अवैध आर्थिक लाभ लिएको आरोप अनुसन्धान निकायले लगाएको छ। अनुसन्धानका क्रममा उनीसँग सम्बन्धित कम्पनी तथा कारोबारमाथि समेत छानबिन गरिएको थियो।
भट्टको व्यवसायिक सञ्जाल र विवाद
दीपक भट्टलाई इन्फिनिटी होल्डिङ्स तथा विभिन्न वित्तीय र बीमा क्षेत्रका लगानीसँग जोडेर हेरिन्छ। अनुसन्धान प्रतिवेदनहरूमा उनीमाथि अर्बौं रुपैयाँ बराबरको शेयर कारोबार, भुक्तानी अपचलन तथा वित्तीय प्रभावको दुरुपयोग गरेको विषयमा अभियोग लागेको छ।
सम्पत्ति शुद्धीकरण विभागले प्रारम्भिक चरणमै उनको कारोबारमा अर्बौं रुपैयाँको अनियमितता देखिएको जनाएको थियो। त्यसपछि बैंकिङ कसुरतर्फ समेत अनुसन्धान विस्तार गरिएको थियो।
उठ्दैछ अर्को प्रश्न : दीपक तिमिल्सिनाको अनुसन्धान कहिले?
दीपक भट्टमाथि राज्य संयन्त्र सक्रिय देखिएका बेला वित्तीय क्षेत्रमै विवादमा तानिएका अर्का नाम दीपक तिमिल्सिनाबारे पनि प्रश्न उठ्न थालेको छ।
पछिल्लो समय नेपालमा स्टक एक्सचेन्ज सञ्चालनको नयाँ लाइसेन्स प्राप्त गर्न प्रयासरत समूहहरूसँग उनको नाम जोडिएको चर्चा सार्वजनिक क्षेत्र र सामाजिक सञ्जालमा हुँदै आएको छ। वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न परियोजना तथा लगानी संरचनामा उनको संलग्नताबारे समेत प्रश्न उठेका छन्। तर हालसम्म उनीविरुद्ध कुनै औपचारिक अनुसन्धान गरिरहेको जानकारी बाहिर आएको छैन।
यद्यपि, वित्तीय प्रणाली, शेयर कारोबार, लाइसेन्स वितरण वा प्रभावको दुरुपयोगसँग सम्बन्धित आरोपहरूमा राज्यले एक व्यक्तिमाथि कठोर अनुसन्धान गर्न सक्छ भने अन्य विवादित व्यक्तिहरूको गतिविधिमाथि पनि समान मापदण्ड लागू किन हुँदैन? प्रश्न गर्न थालिएको छ।
समान मापदण्डको माग
भट्टमाथिको अनुसन्धानले नेपालमा राजनीतिक पहुँच, आर्थिक शक्ति र नियामक निकायमाथिको प्रभावका विषयमा बहस चर्काएको छ। अब आम चासोको विषय भनेको अनुसन्धान व्यक्तिकेन्द्रित हुने कि प्रणालीगत हुने भन्ने हो।
यदि राज्यले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणविरुद्ध शून्य सहनशीलताको नीति लिएको हो भने, जुनसुकै व्यक्ति वा समूहमाथि उठेका गम्भीर प्रश्नहरूको निष्पक्ष छानबिन हुनुपर्ने आवाज बलियो बन्दै गएको छ। दीपक भट्टविरुद्धको सम्भावित अर्बौंको मुद्दासँगै अब धेरैको प्रश्न छ, “दीपक तिमिल्सिनाबारे अनुसन्धान कहिले सुरु हुन्छ?”
को हुन् दीपक तिमिल्सिना?
दीपक तिमिल्सिना पछिल्लो समय नेपालको वित्तीय, राजनीतिक र प्रशासनिक वृत्तमा बारम्बार चर्चामा आउने नाममध्ये एक हुन्। सार्वजनिक रूपमा आफूलाई व्यवसायी र लगानीकर्ताका रूपमा प्रस्तुत गर्ने तिमिल्सिनाको पहुँच भने सत्ता, न्यायालय र संवैधानिक निकायसम्म फैलिएको आरोप लाग्ने गरेको छ।
स्रोतहरूका अनुसार तिमिल्सिनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक पूर्वआयुक्तसँग निकट सम्बन्ध राख्दै विभिन्न विवाद र उजुरीबाट आफूलाई जोगाउने प्रयास गरेको चर्चा लामो समयदेखि चल्दै आएको छ। उनीविरुद्ध सरकारी निकाय उजुरी परे पनि ती उजुरीहरू प्रभावकारी निष्कर्षमा पुग्न नसकेको भन्दै प्रश्न उठ्ने गरेका छन्।
राजनीतिक वृत्तमा तिमिल्सिनाको नाम अझ बढी चर्चामा आउनुको कारण उनको कथित ‘पावर नेटवर्क’ हो। पूर्वप्रधानन्यायाधीश रामकुमार साह र चोलेन्द्र शमशेर जबरालाई प्रधानमन्त्री बनाउने प्रयासमा उनी सक्रिय रहेको चर्चा एक समय निकै चलेको थियो। त्यतिबेला अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीबाट खोसेर सत्ता समीकरण परिवर्तन गर्ने प्रयास भएको दाबी विभिन्न राजनीतिक वृत्तमा सुनिएको थियो। तर त्यो प्रयास सफल हुन सकेन।
वित्तीय क्षेत्रमा पनि तिमिल्सिनाको नाम विवादबाट टाढा छैन। पछिल्लो समय स्टक एक्सचेन्ज सञ्चालनको लाइसेन्स प्राप्त गर्न खोज्ने समूहहरूसँग उनको नाम जोडिएपछि नियामक निकाय र बजार वृत्तमा चासो बढेको छ।
उनीमाथि लाग्ने अर्को गम्भीर आरोप भनेको प्रभावशाली व्यक्तिहरूसँगको सम्बन्ध देखाएर विभिन्न पक्षलाई प्रलोभनमा पार्ने र विवाद उत्पन्न भएपछि जिम्मेवारीबाट उम्किने गरेको हो। यद्यपि, यी आरोपहरू अदालत वा अनुसन्धान निकायबाट प्रमाणित भइसकेका छैनन्।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












