ताजा समाचार

जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो

चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको हो ।

शनिबार राति निकुञ्जबाट निस्किएको जंगली हात्तीले आमाछोरालाई घरमै आक्रमण गरेको हो । घटना भएपछि स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र निकुञ्ज प्रशासनबीच छलफल भएको छ ।

छलफलमा जंगली हात्तीलाई तत्काल नियन्त्रण लिन आवश्यक काम गर्ने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतकको परिवारलाई उचित राहत तत्काल उपलब्ध गराउने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतकको घर निर्माण गराउने र मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल आबश्यक काम गर्ने लगायतका सहमती भएको बुझिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org