रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार बाढीपछि ४४ जना सैनिकसँग हालसम्म सम्पर्क स्थापित हुन सकेको छैन। उनीहरू लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए।
बाढीका कारण नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरीका ९ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको बताइएको छ। यसैगरी, बाढीबाट रसुवामा रहेका विभिन्न वाणिज्य बैंकका शाखा प्रभावित हुँदा २६ जना बैंक कर्मचारीसँग पनि सम्पर्क हुन सकेको छैन। तिब्बतबाट भोटेकोशी नदीमा आएको बाढीले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बजार र बैंकका शाखामा क्षति पुर्याएको हो।
नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार आठवटा शाखामा कार्यरत २६ जना कर्मचारी हालसम्म सम्पर्कमा आएका छैनन्। टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा रहेका बैंकका शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको उनले जानकारी दिए।
‘टिमुरे, स्याफ्रुबेँसी लगायत स्थानका शाखामा क्षति पुगेको छ। सम्पर्क हुन नसकेका कर्मचारी पनि सोही क्षेत्रका हुन्,’ शर्माले भने। बाढीबाट प्रभु बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका शाखा कार्यालयमा क्षति पुगेको शर्माले बताए। बाढीबाट प्रभावित बैंकका शाखाको संख्या नौ पुगे पनि आठवटा शाखामा कार्यरत कर्मचारीसँग सम्पर्क हुन नसकेको जनाइएको छ।
बैंकर्स एसोसिएसनका अनुसार अहिले भौतिक क्षतिको विवरण संकलनभन्दा कर्मचारीको सुरक्षा र अवस्थाबारे जानकारी लिनलाई प्राथमिकता दिइएको छ। कर्मचारीको अवस्था यकिन भएपछि मात्रै भौतिक क्षतिको विस्तृत विवरण संकलन गरिने शर्माले बताए।
बाढी प्रभावित क्षेत्रमा तत्काल पुग्नसमेत कठिनाइ भइरहेको छ। बाढीका कारण फोन तथा इन्टरनेटका टावरमा समेत क्षति पुगेकाले सम्पर्क स्थापित गर्न थप समस्या भइरहेको शर्माले जानकारी दिए। यसैबीच, डेभलपमेन्ट बैंकर्स एसोसिएसनले रसुवाको सो क्षेत्रमा रहेका विकास बैंकका शाखामा भने हालसम्म कुनै क्षति नभएको जनाएको छ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...












