ताजा समाचार

रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय

काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी नागरिक छन् । सबैभन्दा बढी भारतीय नागरिक १७८ जना सम्पर्कविहीन  छन् ।

प्रहरीका अनुसार नेपाली १२७, अमेरिकी ६५, मलेसियन ५१, युक्रेनी ५३ र बेलायती ३३ जना सम्पर्कविहीन छन् । त्यस्तै अष्ट्रेलियाका ३५, क्यानडाका २५, जापानका ५, रुसका ८, जर्मनीका ८ र सिंगापुरका ९ जना पनि सम्पर्कविहीन भएका छन् ।

यसैगरी नेदरल्याण्ड्सका २, फिलिपिन्सका १, फिनल्याण्डका १, न्यूजिल्याण्डका ५, काजकिस्तानका २, बेलारुसका १, पोर्चुगलका २ र बेल्जियमका ३ जना सम्पर्कविहीन छन् ।

फ्रान्सका ४, स्वीडेनका १, लाट्भियाका ६, हंगेरीका १, दक्षिण अफ्रिकाका ६, सर्बियाका १, आयरल्याण्डका २, स्पेनका ३ र स्वीट्जरल्याण्डका १ जना पनि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

त्यस्तै इजरायलका १, इटालीका २, लिथुआनियाका १, बुल्गेरियाका १ र युक्रेनका ५३ जना तथा बेलायतका ३३ जना सम्पर्कविहीन छन् । प्रहरीका अनुसार विभिन्न ३३ देशका गरी कुल ६४४ जना सम्पर्कविहीन भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org