त्रिशूली थ्री ए सुरुङभित्र मान्छेको आवाज पुष्टि, उद्धार कार्य जारी
काठमाडौं । सांसद श्रीराम न्यौपानेले त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आएको बताएका छन् । भोटेकोशी बाढीपछि अहिले खोज तथा उद्धार जारी रहेको छ । सांसद न्यौपानेका अनुसार सेनाले भित्रबाट मानिसको आवाज आएको जानकारी दिएको हो । उद्धार कार्य जारी रहेको उल्लेख गर्दै सांसद न्यौपानेले भित्रबाट एकभन्दा बढी आवाज आएको र उद्धार टोलीले नआत्तिनुहोस् हामी उद्धार गर्दै छौं भन्दा हुन्छ भन्ने प्रतिक्रिया प्राप्त भएको बताए ।
नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको उनले बताए । सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत भएको उनले बताए ।
उनले भनेका छन्, ‘हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिएँ। अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडी मार्फत काठमाडौं फर्कने तयारीमा छु।उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मी प्रति हार्दिक सम्मान व्यक्त गर्दछु। आशा छ, सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइनेछ।’
Comments
अरु समाचार
-
रसुवा बाढीपछि उद्धार, राहत र पूर्वाधार पुनःस्थापनामा तीव्रता : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठुलो सजाय भोगेको बताउनुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्यसैको...
-
चीनले तेस्रो पटक पठायो राहत सामग्री, १० फरेन्सिक विज्ञ पनि आइपुगे
काठमाडौं । रसुवा बाढीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको...
-
जलवायु संकटको मूल्य नेपालले किन चुकाउने ? : एमाले प्रचार विभाग प्रमुख आचार्य
काठमाडौँ । नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जलवायु संकटको प्रमुख कारण नेपाल नभए पनि त्यसको कठोर...
-
बाढी–पहिरोले सात जिल्लाका सडक अवरुद्ध, आवागमनमा समस्या
काठमाडौँ, भदौ १८ गते । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गको...
-
भोटेकोशी बाढी: ११ हजार ९९३ जनाको उद्धार, चार हजार २१६ जना अझै सम्पर्कविहीन
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार...
-
फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता, सेप्टेम्बर २३ देखि नियमित उडान
पोखरा। फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता भएको छ ! पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय हवाई सेवा...
-
केरुङबाट १,५०० नेपाली फर्काउने तयारी, १७६ ट्रक तथा कन्टेनर ‘डाइभर्ट’ गरिने
काठमाडौं । परराष्ट्र मन्त्रालयले चीनको तिब्बतस्थित केरुङमा करिब १ हजार ५०० नेपाली नागरिक रहेको जनाएको छ। मन्त्रालयले उनीहरूलाई स्वदेश फर्काउन...
-
पार्टीलाई ‘फुट र विभाजनतर्फ धकेल्ने षड्यन्त्र’ प्रति सचेत रहन अपिल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएको विवाद र गुटगत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष...
-
जलवायु परिवर्तनकै असरले भोटेकोशीमा बाढी, अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइयोः प्रम बालेन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनकै असरले भोटेकोशीमा बाढी आएर नेपालमा अपूरणीय क्षति गरेको कुरा अन्तर्राष्ट्रिय समुदायसमक्ष जानकारी गराउने...












