भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको छ। बाढीमा परेर ५ हजार जना अझै सम्पर्कविहीन रहेका छन्।
विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार फेला परेका शवमध्ये चितवनमा सबैभन्दा बढी ३६० वटा रहेका छन्।
त्यस्तै नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २१९, नुवाकोटमा १९५, रसुवामा १५६, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ वटा शव फेला परेका छन्। हालसम्म फेला परेकामध्ये ९८ वटा शवको मात्रै सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बेपत्ता हुनेहरूमा नुवाकोटका करिब २ हजार ३४० जना, रसुवाका १ हजार ९६७ जना, ५८९ जना विदेशी नागरिक तथा १०० जना सुरक्षाकर्मी र सरकारी कर्मचारी रहेका छन्।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार १०१ जनाको सकुशल उद्धार गरिएको छ। जसमा नेपाली सेनाले ४ हजार १६२, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरी बलले ४ हजार ८७१ जनाको उद्धार गरेका हुन्। बाढीका कारण घाइते तथा प्रभावित भएका ५ हजार ९२९ जनाको उपचार गरिएको छ। जसमध्ये सेनाबाट ३ हजार २९७, सशस्त्र प्रहरीबाट २ हजार ३१६ र विभिन्न अस्पतालमा ३१६ जनाले स्वास्थ्योपचार सेवा लिएका छन्।
विस्थापित प्रभावितका लागि काठमाडौं, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ४१ होल्डिङ सेन्टरमा ३ हजार ९८२ जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापितहरूलाई राहत तथा पुनर्स्थापनाका लागि सरकारी निकायहरू निरन्तर खटिएका छन्।
Comments
अरु समाचार
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...
-
भोटेकोशी बाढी: खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक
काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेको छ। प्रहरीले...
-
चीन–नेपालबीच ‘जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान’ किन आवश्यक?
काठमाडौँ। चीनले नेपालसँग आपतकालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद राहत प्रयासका लागि सो...
-
धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढ्न प्रधानमन्त्री बालेनको अपिल
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को स्थितिबाट अघि बढ्न आमनागरिकलाई अपिल गरेका छन् । शुक्रबार सामाजिक...
-
राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिरमा पूजाआराधना
काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन्...
-
वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी ‘जनकराज कालाखेती’लाई
काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा नायब महाप्रबन्धक जनकराज कालाखेती तोकिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कालाखेतीलाई...
-
त्रिशूली थ्री ए सुरुङभित्र मान्छेको आवाज पुष्टि, उद्धार कार्य जारी
काठमाडौं । सांसद श्रीराम न्यौपानेले त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आएको बताएका छन् । भोटेकोशी बाढीपछि अहिले खोज तथा...












