कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
फुयाल भन्छन्- आफूले नै प्रधानमन्त्रीको सचिवालयलाई जानकारी गराएपछि इनम पक्राउ परेका हुन्
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका छन्। एक कारागारमा रहेका अभियुक्तको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्न एक बिचौलियाले गरेको प्रस्ताव न्यायाधीश फुयालले अस्वीकार गरेको तथ्य खुलेको छ। न्यायाधीश फुयालमा न्याय सम्पादनको क्रममा बिचौलियाको मेसेजको कुनै प्रभाव नपरेको र उनले आफ्नो विवेकको आधारमा न्याय सम्पादन गरेको प्रस्ट देखिएको छ।
पूर्व प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर जबरा कनेक्सनमा तानिएर पक्राउ परेका बिचौलिया इनम सापकोटासँग न्यायाधीश फुयालको ह्वाट्सएप सम्पर्क भएको समाचार बाहिर आएको छ। उक्त ह्वाट्सएपको मेसेज हेर्दा न्यायाधीश फुयालको निजसँग ‘सन्देहपूर्ण सम्बन्ध’ नरहेको देखिएको छ।
विशेष अदालतले साउन २८ गते हिमालयन रिइन्स्योरेन्ससँगको जोडिएको मुद्दामा रोहित गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। गुप्ता भने बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले भदौ १७ गते गुप्तालाई दुई करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। उक्त आदेश न्यायाधीशद्वय फुयाल र श्रीकान्त पौडेलको इजलासले दिएको थियो।
सर्वोच्चमा मुद्दाको पेसी तोकिएपछि इनमले न्यायाधीश फुयालसँग सम्पर्क बढाएको देखिन्छ। बिहान १० बजेर २२ मिनेटमा इनमले फुयाललाई ह्वाट्सएप मेसेज गरेको देखिएको छ। उनले मुद्दा नै खारेज गरिदिनू होला भनेर मेसेजमा लेखेका छन्। तर न्यायाधीश फुयालले उक्त मेसेज आफूले अबेर मात्र देखेको भनेर बेलुकी ७ बजेर ३१ मिनेट जाँदा जवाफ फर्काएका छन्।
न्यायाधीश फुयालले बेलुकी ७:३१ मा लेखेका छन्— “मैले तपाईँको मेसेज भर्खरै (ढिलो) देखेको हुँ। उन (गुप्ता) लाई धरौटीमा रिहा गर्नुपर्ने उचित आधार थियो। आफ्नो जिम्मेवारीभन्दा बढी जिम्मेवारी लिने व्यक्ति श्री गोल्छालाई १ करोड रुपैयाँ धरौटीमा रिहा गरियो, जबकि हामीले उनी (गुप्ता) सँग २ करोड रुपैयाँ धरौटीमा मागेका छौँ।”
विशेष अदालतले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिँदा हिमालयन रिइन्स्योरेन्स कम्पनीका अध्यक्ष शेखर गोल्छालाई एक करोड र सञ्चालक समिति सदस्य शुभेच्छा खरेललाई १० लाख धरौटीमा छाडेको थियो। सर्वोच्चले रिइन्स्योरेन्सको अध्यक्ष शेखर गोल्छालाई विशेष अदालतले धरौटीमा छोड्दा सोही कम्पनीकी सञ्चालक सदस्य गुप्ताको हकमा भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
इनम सापकोटाले न्यायाधीश फुयालसामु प्रधानमन्त्रीले यो सवाल (गुप्ताको) लाई गम्भीरता साथ लिएको भनेर मेसेजमा लेखेका छन्। तर फुयालले कसैको प्रभाव र दबाबमा नपरीकन विवेकले न्याय सम्पादन गरेको देखिन्छ।
इनम सापकोटाले गरेको मेसेज र न्यायाधीश फुयालले फर्काएको जवाफको समयले पनि न्याय सम्पादनमा असर परेको देखिँदैन। त्यसैगरी इनमले गरेको ह्वाट्सएप कल बेलुकी ७ बजेर २ मिनेटमा मिस्ड भएको सन्दर्भमा न्यायाधीश फुयालले कल नफर्काई मेसेज नै गरेबाट पनि दबाब र प्रभाव बिनै न्याय सम्पादन भएको तथ्य स्पष्ट हुन्छ। यतिसम्मकी इनमले प्रधानमन्त्रीको ‘पावर’ दुरुपयोग गरेको अवस्था पनि मेसेजमा देखिन्छ। तर त्यसतर्फ न्यायाधीश फुयालले कुनै जवाफ फर्काएको अवस्था छैन। यता फुयालले प्रधानमन्त्रीको सचिवलायलाई आफूहरूले सूचना दिएकै आधारमा इनम सापकोटा पक्राउ परेको पनि स्पष्ट पारेका छन्।
न्यायमा प्रभावित भएको भए न्यायाधीश फुयालले रिट नै खारेज गर्नुपर्ने देखिन्छ। इनमले मुद्दा नै खारेज गरिदिनू भनी प्रधानमन्त्रीसमेतको कन्सर्न झल्काए पनि फुयालले ग्राउन्ड भएकै कारणले आफूले त्यस्तो गरेको भन्ने अर्थमा जवाफ फर्काएका छन्। इनम सापकोटा उक्त मुद्दा चल्दासम्म निज सामान्य नागरिकको रुपमा थिए। चोलेन्द्र-सर्वोच्च कनेक्सनसँगै उनी पक्राउ परेपछि उनी बिचौलिया रहेको खुल्न आएको हो।
यस्तो छ न्यायाधीश हरिप्रसाद फुयालको विज्ञप्ति: न्यायिक विचलन र मेरा बारे आएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्यायपालिका र आफ्ना सम्बन्धमा सार्वजनिक भएका विवरण तथा समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। एक विज्ञप्ति जारी गर्दै उनले स्वतन्त्र, निष्पक्ष र सुशासनसहितको न्यायपालिकाप्रतिको आफ्नो पूर्ण प्रतिबद्धता रहेको प्रस्ट पारेका छन्।
साथै, नेपालको न्यायिक विचलनका सम्बन्धमा भइरहेको एक महत्त्वपूर्ण अनुसन्धानप्रति आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता पनि उनले जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, पछिल्लो समयमा न्यायक्षेत्रमा देखिएको अस्थिरता, असुरक्षा र विसङ्गति, गलत फाइदा उठाइ गरिएका कार्यहरू राज्यको जानकारीमा आई अनुसन्धान भइरहेको छ। न्यायाधीश फुयालले आफ्ना बारेमा आएका तथ्य र समाचारलाई देश र न्यायक्षेत्रको अस्थिरता र असुरक्षाभन्दा बाहिरबाट नहेर्न समग्र न्यायक्षेत्रका निकाय, व्यक्ति, सरोकारवाला र आम सञ्चार माध्यमलाई अनुरोध गर्नुभएको छ। उहाँले आफूबाट न्यायिक विचलन, निष्ठा र नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य नभएको दृढता व्यक्त गरेका छन्।
यस परिस्थितिमा मप्रति सिर्जना गरिएको भ्रम, अर्धसत्य र चलिरहेको अनुसन्धानलाई प्रभाव पार्ने गरी भएका कार्यमा दुःख व्यक्त गर्दै न्यायाधीश फुयालले सम्पूर्ण न्यायकर्मी मित्रहरूलाई न्यायपालिकाप्रतिको विश्वासलाई थप कायम राख्न अनुरोध गरेका छन्।
Comments
अरु समाचार
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...












