तल्लो मोदीको सुरुङ
पर्वत, १७ असोज । कर्मचारी र मजदुरको आन्दोलनका कारण रोकिएको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सञ्चालन भएको छ ।
तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माणको ठेकेदार कम्पनी साउथ एसियन इन्फ्रास्टक्चर व्यवस्थापन र त्यस प्रालिमा कार्यरत आन्दोलनकारी मजदुर र कर्मचारीबीच सहमतिपछि सोमबारदेखि निर्माण कार्य सञ्चालन भएको हो । सुरुङ निर्माण कार्यमा संलग्न मजदुर र कर्मचारीले तलब सुविधा बृद्धिको माग गर्दै आन्दोलन गरेका थिए ।
साउथ एसियन इन्फ्रास्टक्चर प्रालिले मजदुर र कर्मचारीको तलब १० प्रतिशत वृद्धि गर्ने सहमति गरेको छ । तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्यको ठेक्का लिएको साउथ एसियन इन्फ्रास्टक्चर कम्पनीमा कार्यरत २०० भन्दा बढी मजदुर र कर्मचारी कार्यरत छन् । उनीहरुले २५ प्रतिशत तलब वृद्धिको माग गर्दै आएका थिए ।
अहिलेसम्म तल्लो मोदीखोला जलविद्युत् आयोजनाको चार हजार २१ मिटर सुरुङमध्ये तीन हजार ५८३ मिटर सुरुङको निर्माण कार्य सकिएको छ । अब बाँकी रहेको ४३८ मिटर सुरुङ आगामी जेठ महिनाभित्र सक्ने लक्ष्यसहित काम भइरहेको साउथ एसियन इन्फ्रास्टक्चर प्रालिका परियोजना प्रबन्धक ध्रुव मिश्रले जानकारी दिनुभयो । “तलब वृद्धिको मागलाई सम्बोधन गरेर निर्माण कार्य सञ्चालन गरेका छौँ” उहाँले भन्नुभयो–“दसैँ, तिहार, छठजस्ता चाडपर्वपछि निर्माण कार्यले गति लिन्छ ।”
पर्वतको कुस्मा नगरपालिकामा पर्ने चुवा र दुर्लुङ तथा तिलाहार, बाजुङ तथा देउपुर गाविसमा निर्माण भइरहेको आयोजनाको निर्माण कार्य २०७४ असोजसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही असोजभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले काममा ढिलाइ भएकाले निर्माण कार्य एक वर्ष ढिलाइ भइरहेको छ । रासस
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











