तल्लो मोदीको सुरुङ
पर्वत, १७ असोज । कर्मचारी र मजदुरको आन्दोलनका कारण रोकिएको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सञ्चालन भएको छ ।
तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माणको ठेकेदार कम्पनी साउथ एसियन इन्फ्रास्टक्चर व्यवस्थापन र त्यस प्रालिमा कार्यरत आन्दोलनकारी मजदुर र कर्मचारीबीच सहमतिपछि सोमबारदेखि निर्माण कार्य सञ्चालन भएको हो । सुरुङ निर्माण कार्यमा संलग्न मजदुर र कर्मचारीले तलब सुविधा बृद्धिको माग गर्दै आन्दोलन गरेका थिए ।
साउथ एसियन इन्फ्रास्टक्चर प्रालिले मजदुर र कर्मचारीको तलब १० प्रतिशत वृद्धि गर्ने सहमति गरेको छ । तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्यको ठेक्का लिएको साउथ एसियन इन्फ्रास्टक्चर कम्पनीमा कार्यरत २०० भन्दा बढी मजदुर र कर्मचारी कार्यरत छन् । उनीहरुले २५ प्रतिशत तलब वृद्धिको माग गर्दै आएका थिए ।
अहिलेसम्म तल्लो मोदीखोला जलविद्युत् आयोजनाको चार हजार २१ मिटर सुरुङमध्ये तीन हजार ५८३ मिटर सुरुङको निर्माण कार्य सकिएको छ । अब बाँकी रहेको ४३८ मिटर सुरुङ आगामी जेठ महिनाभित्र सक्ने लक्ष्यसहित काम भइरहेको साउथ एसियन इन्फ्रास्टक्चर प्रालिका परियोजना प्रबन्धक ध्रुव मिश्रले जानकारी दिनुभयो । “तलब वृद्धिको मागलाई सम्बोधन गरेर निर्माण कार्य सञ्चालन गरेका छौँ” उहाँले भन्नुभयो–“दसैँ, तिहार, छठजस्ता चाडपर्वपछि निर्माण कार्यले गति लिन्छ ।”
पर्वतको कुस्मा नगरपालिकामा पर्ने चुवा र दुर्लुङ तथा तिलाहार, बाजुङ तथा देउपुर गाविसमा निर्माण भइरहेको आयोजनाको निर्माण कार्य २०७४ असोजसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही असोजभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले काममा ढिलाइ भएकाले निर्माण कार्य एक वर्ष ढिलाइ भइरहेको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












