ग्यास विक्रेताको आन्दोलनले उपभोक्ता मारमा

लुम्बिनी, २७ पुस । ग्यास उद्योगले आफूलाई दिँदै आएको सहुलियत दर घटाएको भन्दै यहाँका ग्यास विक्रेताले आन्दोलन गरेपछि उपभोक्ता मारमा परेका छन् ।
विक्रेताको आन्दोलनका कारण ग्यासको अभाव भएको छ । नेपाल आयल निगमले तराई र पहाडी जिल्लाको मूल्यमा एकरुपता ल्याउने गरी मूल्य निर्धारण गरेपछि विक्रेता उद्योगले सहुलियत रकम घटाएको भन्दै विक्रेताले आन्दोलन थालेका हुन् ।
आयल निगमले गत पुस १९ गते राति १२ बजेदेखि लागू हुनेगरी ग्यासको उपभोक्ता मूल्य निर्धारण गरेको थियो । तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा ग्यास सिलन्डरको खुद्रा मूल्य रु एक हजार २७५ र तराईका अन्य जिल्लामा रु एक हजार ३०५ कायम गरेको छ ।
नेपाल आयाल निगमको केन्द्रीय कार्यालय बबरमहलले क्षेत्रीय कार्यालय भलबारीलाई जारी गरेको एलपी ग्यासको मूल्य समायोजन बारेको सूचनामा रुपन्देहीसहित तराईका अन्य जिल्लामा रु एक हजार ३२५ बाट घटाएर रु एक हजार ३०५ कायम गरिएको छ । अन्य पहाडी जिल्लामा भने मूल्य यथावत राखिएको जनाएको छ ।
व्यवसायीले आयल निगमले उपभोत्ता मूल्य घटाएकोमा स्वागत गर्दै उद्योगले दिँदै आएको सहुलियत रकम पहिलाकै अवस्थामा नदिँदासम्म आन्दोलन नरोकिने बताएका छन् । ग्यास उद्योगले पुस १९ गतेसम्म प्रतिसिलिन्डर रु ५० सहुलियत रकम दिँदै आएकोमा रु ३२ मात्रै दिने गरी विलिङ गरेको ग्यास बिक्रेता सङ्घका जिल्ला अध्यक्ष वसन्त गौचनले बताउनुभयो ।
ग्यास उद्योगीले भने सरकारले ग्यास बिक्रेताका लागि भनेर रु ३२ मात्रै रकम छुट्टयाएकाले रु ५० दिन नसकिने बताएका छन् । रुपन्देही, कपिलबस्तु, नवलपरासी र पाल्पाका विक्रेताले यहाँका उद्योगबाट ग्यास सिलिन्डर उठाएका छैनन् । बजारमा ग्यासको अभाव हुन थालेको छ ।
सिद्धार्थ ग्यास उद्योगका व्यवस्थापक सुशील नेपालले रु ३२ भन्दा बढी रकम दिन नसकिने बताउनुभयो । “सरकारले ढुवानी दर घटाए मात्रै विक्रेताको माग पुरा गर्न सम्भव छ,” उहाँले भन्नुभयो । पञ्चमहालक्ष्मी ग्यास उद्योगका व्यवस्थापक महेश पोखरेल एक सातायता बिक्रेताले ग्यास नलगेको बताउनुहुन्छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












