ग्यास विक्रेताको आन्दोलनले उपभोक्ता मारमा

लुम्बिनी, २७ पुस । ग्यास उद्योगले आफूलाई दिँदै आएको सहुलियत दर घटाएको भन्दै यहाँका ग्यास विक्रेताले आन्दोलन गरेपछि उपभोक्ता मारमा परेका छन् ।
विक्रेताको आन्दोलनका कारण ग्यासको अभाव भएको छ । नेपाल आयल निगमले तराई र पहाडी जिल्लाको मूल्यमा एकरुपता ल्याउने गरी मूल्य निर्धारण गरेपछि विक्रेता उद्योगले सहुलियत रकम घटाएको भन्दै विक्रेताले आन्दोलन थालेका हुन् ।
आयल निगमले गत पुस १९ गते राति १२ बजेदेखि लागू हुनेगरी ग्यासको उपभोक्ता मूल्य निर्धारण गरेको थियो । तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा ग्यास सिलन्डरको खुद्रा मूल्य रु एक हजार २७५ र तराईका अन्य जिल्लामा रु एक हजार ३०५ कायम गरेको छ ।
नेपाल आयाल निगमको केन्द्रीय कार्यालय बबरमहलले क्षेत्रीय कार्यालय भलबारीलाई जारी गरेको एलपी ग्यासको मूल्य समायोजन बारेको सूचनामा रुपन्देहीसहित तराईका अन्य जिल्लामा रु एक हजार ३२५ बाट घटाएर रु एक हजार ३०५ कायम गरिएको छ । अन्य पहाडी जिल्लामा भने मूल्य यथावत राखिएको जनाएको छ ।
व्यवसायीले आयल निगमले उपभोत्ता मूल्य घटाएकोमा स्वागत गर्दै उद्योगले दिँदै आएको सहुलियत रकम पहिलाकै अवस्थामा नदिँदासम्म आन्दोलन नरोकिने बताएका छन् । ग्यास उद्योगले पुस १९ गतेसम्म प्रतिसिलिन्डर रु ५० सहुलियत रकम दिँदै आएकोमा रु ३२ मात्रै दिने गरी विलिङ गरेको ग्यास बिक्रेता सङ्घका जिल्ला अध्यक्ष वसन्त गौचनले बताउनुभयो ।
ग्यास उद्योगीले भने सरकारले ग्यास बिक्रेताका लागि भनेर रु ३२ मात्रै रकम छुट्टयाएकाले रु ५० दिन नसकिने बताएका छन् । रुपन्देही, कपिलबस्तु, नवलपरासी र पाल्पाका विक्रेताले यहाँका उद्योगबाट ग्यास सिलिन्डर उठाएका छैनन् । बजारमा ग्यासको अभाव हुन थालेको छ ।
सिद्धार्थ ग्यास उद्योगका व्यवस्थापक सुशील नेपालले रु ३२ भन्दा बढी रकम दिन नसकिने बताउनुभयो । “सरकारले ढुवानी दर घटाए मात्रै विक्रेताको माग पुरा गर्न सम्भव छ,” उहाँले भन्नुभयो । पञ्चमहालक्ष्मी ग्यास उद्योगका व्यवस्थापक महेश पोखरेल एक सातायता बिक्रेताले ग्यास नलगेको बताउनुहुन्छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












