ताजा समाचार

राष्ट्रिय वाणिज्य बैंकको एटिएम विग्रेपछि सेवाग्राही समस्यामा,एटिएम नविग्रिएको शाखा प्रमुखको दाबी

सुर्खेत, ४ माघ । राष्ट्रिय वाणिज्यको एटिएम कार्ड ‘हात्तिको देखाउने दाँत’ जस्तो भएको छ ।एटिएम कार्ड सञ्चालनमा आएदेखि केही महिना देखिनै विग्रेको हो ।  कार्ड प्रयोग गर्न दैनिक सेवाग्राहीको भिड हुने गरेको बैंकमा आवश्यक परेको बेला नेटवर्कले काम नगर्ने समस्या आउने गरेको छ ।  

बैंकको एटिएम सेवाप्रति सेवाग्रहीहरुले बेलाबेलामा गुनासो गदै आए पनि समस्या समाधान हुन सकेको छैन् । बैंकको  गुनासो गदै वीरेन्द्रनगर ११ सुर्खेतका राज पौडेल भने,‘हिजो पनि आएको थिए । काम नगरेर फर्किए आज पनि काम गरेको छैन ।’ यस्तै नाम भन्न नमान्ने एक वृद्धाले कहिले इन्टरनेट  काम गदैन कहिले दिन भरि भिडमात्र हुने गुनासो गरे । राजस्व तिर्ने आएको सारै समस्या हुन्छ । कर्मचारीहरु थोरै छन । यो बैकमा आउनको लागि एक दिनभरि समय छुटयाएर आउनु पर्ने उनको भनाई थियो ।

यस्तै सेवाग्राही हंश बोगटीले आफूले बैंकमा खाता खोलेको ५ वर्ष भयो । एटिएम कार्ड लिएको २ वर्ष भयो । सुर्खेतको वाणिज्य बैकबाट अहिलेसम्म पैसा झिकेको छैन । यो बैंकमा आयो भने नेटले काम गदैन । अरु बैंकबाट झिक्नु पर्दा २० रुपैयाँ काट्ने उनको भनाई छ । मेरो तलब यही बैंकमा जम्मा हुन्छ । नेपालगञ्जको एटिएम कार्डले काम गर्छ सुर्खेतले काम गदैन । बैकमा लाइन लाग्न नसक्ने भएकोले एटिएम कार्ड प्रयोग छिटो छरितोको लागि एटिएम कार्ड लिए त्यही पनि काम नगरेर अरु बैकमा जानु उनले बताए ।

उक्त बैंकका शाखा प्रबन्धक रहेका होताराम योगी झस्कदै भने,‘तपाईंहरुले हाम्रो सानो गल्ती पाएमा लेख्ने दिनमा अरु बैकको तुलनामा यो बैंकमा कारोबार धेरै हुन्छ । एटिएम कार्डले काम गरि राखेको छ उनले भने तपाई अरु बारे लेखेको खै त ? कर्मचारीको कमीका कारण समस्या भएको हो । ४ सय ५५ जना कर्मचारीहरुको विज्ञापन खुलेको हो नआएर समस्या भएको झस्कदै उनले भने । अरु बैंकको तुलनामा वाण्ज्यि बंैकमा एटिएम कार्ड प्रयोग आज मात्रै ८० जनाले प्रयोगा गरेको दाबी गरे ।

वाणिज्य बैंकले  तुलनामा अरु बैंकहरु दिनमा बिहानदेखि बेलुकासम्म २ सयको हाराहारीमा प्रयोग गर्ने गरेका पाइन्छ । कर्मचारीहरुले तलब खानु प¥यो भने बैंकमा  कोही जादैन अरु बैकको एटिएम कार्ड प्रयोग गर्ने गरेका । अरु बैंकमा २० रुपैयाँ कमिसन काट्ने गरे पनि सेवाको लागि अरु बैंकमा सेवाग्रही धेरै देखिन्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org