राष्ट्रिय वाणिज्य बैंकको एटिएम विग्रेपछि सेवाग्राही समस्यामा,एटिएम नविग्रिएको शाखा प्रमुखको दाबी

सुर्खेत, ४ माघ । राष्ट्रिय वाणिज्यको एटिएम कार्ड ‘हात्तिको देखाउने दाँत’ जस्तो भएको छ ।एटिएम कार्ड सञ्चालनमा आएदेखि केही महिना देखिनै विग्रेको हो । कार्ड प्रयोग गर्न दैनिक सेवाग्राहीको भिड हुने गरेको बैंकमा आवश्यक परेको बेला नेटवर्कले काम नगर्ने समस्या आउने गरेको छ ।
बैंकको एटिएम सेवाप्रति सेवाग्रहीहरुले बेलाबेलामा गुनासो गदै आए पनि समस्या समाधान हुन सकेको छैन् । बैंकको गुनासो गदै वीरेन्द्रनगर ११ सुर्खेतका राज पौडेल भने,‘हिजो पनि आएको थिए । काम नगरेर फर्किए आज पनि काम गरेको छैन ।’ यस्तै नाम भन्न नमान्ने एक वृद्धाले कहिले इन्टरनेट काम गदैन कहिले दिन भरि भिडमात्र हुने गुनासो गरे । राजस्व तिर्ने आएको सारै समस्या हुन्छ । कर्मचारीहरु थोरै छन । यो बैकमा आउनको लागि एक दिनभरि समय छुटयाएर आउनु पर्ने उनको भनाई थियो ।
यस्तै सेवाग्राही हंश बोगटीले आफूले बैंकमा खाता खोलेको ५ वर्ष भयो । एटिएम कार्ड लिएको २ वर्ष भयो । सुर्खेतको वाणिज्य बैकबाट अहिलेसम्म पैसा झिकेको छैन । यो बैंकमा आयो भने नेटले काम गदैन । अरु बैंकबाट झिक्नु पर्दा २० रुपैयाँ काट्ने उनको भनाई छ । मेरो तलब यही बैंकमा जम्मा हुन्छ । नेपालगञ्जको एटिएम कार्डले काम गर्छ सुर्खेतले काम गदैन । बैकमा लाइन लाग्न नसक्ने भएकोले एटिएम कार्ड प्रयोग छिटो छरितोको लागि एटिएम कार्ड लिए त्यही पनि काम नगरेर अरु बैकमा जानु उनले बताए ।
उक्त बैंकका शाखा प्रबन्धक रहेका होताराम योगी झस्कदै भने,‘तपाईंहरुले हाम्रो सानो गल्ती पाएमा लेख्ने दिनमा अरु बैकको तुलनामा यो बैंकमा कारोबार धेरै हुन्छ । एटिएम कार्डले काम गरि राखेको छ उनले भने तपाई अरु बारे लेखेको खै त ? कर्मचारीको कमीका कारण समस्या भएको हो । ४ सय ५५ जना कर्मचारीहरुको विज्ञापन खुलेको हो नआएर समस्या भएको झस्कदै उनले भने । अरु बैंकको तुलनामा वाण्ज्यि बंैकमा एटिएम कार्ड प्रयोग आज मात्रै ८० जनाले प्रयोगा गरेको दाबी गरे ।
वाणिज्य बैंकले तुलनामा अरु बैंकहरु दिनमा बिहानदेखि बेलुकासम्म २ सयको हाराहारीमा प्रयोग गर्ने गरेका पाइन्छ । कर्मचारीहरुले तलब खानु प¥यो भने बैंकमा कोही जादैन अरु बैकको एटिएम कार्ड प्रयोग गर्ने गरेका । अरु बैंकमा २० रुपैयाँ कमिसन काट्ने गरे पनि सेवाको लागि अरु बैंकमा सेवाग्रही धेरै देखिन्छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












