भूकम्पपीडितको गुनासोः खातामा पैसा आएन
६ माघ । अनन्तलिङ्गेश्वर नगरपालिका–६ सिरुटारका विक्रम श्रेष्ठले थिमिस्थित वाणिज्य बैंकमा खाता खोलेको दुई महिना बित्यो। भूकम्पपीडितको लाभग्राही सूचीमा परेपछि अनुदान सम्झौता गरेलगत्तै एकसातामै रकम पहिलो किस्ताको ५० हजार रुपैयाँ खातामा पठाइदिने भनेपछि हतारिएर खाता खोले पनि अझै रकम नआउँदा निराश भएका छन्। विगत २१ महिनादेखि जस्ताको टहरामा बस्दै आएका श्रेष्ठ परिवार अनुदान आउने टुङ्गो नलागेपछि जग्गा बिक्री गर्ने निर्णयमा पुगेका छन्। सरकारले अनुदान दिएपछि घर बनाउन सुरु गरौँला भनेर बसेका भक्तपुरका आधाभन्दा बढी भूकम्पपीडित पहिलो किस्ताको रकम कहिले वितरण गर्ने भन्ने टुङ्गो नलागेपछि निराश भएका हुन्। नगरकोट नगरपालिका ताथलीका रोशन गिरीको परिवार अनुदानको आशामै रहेर घर बनाउन सुरु नगरेको बताउँछन्। उनी भन्छन् – “अनुदान वितरण सुरु गरेपछि घर बनाउन सुरु गराँैला भनेर बसेका छौँ, तर खै कहिले आउँछ पत्तो छैन, घर नबनाई यसवर्षको जाडो पनि बित्ने भो।” सरकारले दिने अनुदानले मात्रै घर बनाउन नपुग्ने भएपछि धेरै भूकम्पपीडितले जग्गा बिक्री गर्न थालेका छन्। सरकारले दिएको अनुदान रकममा थप गरेर घर बनाउने योजनामा पुगेका कतिपय भूकम्पपीडितले अनुदान आउनुअघि नै घर बनाए अनुदान रकम नै नपाइएला भन्ने डरले घर नबनाइ बसेका छन्। सिपाडोलका भूकम्पपीडित रामशङ्कर श्रेष्ठले सरकारले दिने अनुदान रकम लिन बैंकमा खाता खोलेको दुई महिना बिते पनि रकम नआएपछि घर बनाउन जग्गा बिक्री गरेको बताए। भक्तपुरमा सुरुमा ३३ हजार ६९६ परिवार भूकम्पपीडित रहेको तथ्याङ्क रहे पनि पुनः सर्वेक्षणमा पुनःनिर्माण प्राधिकरणले लाभग्राहीको सूचीमा रहेका २६ हजार १६ परिवारको विवरण जिल्लामा पठाएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना एकाइ कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरण गर्न अख्तियारी पाए पनि वैदेशिक सहायताको रकम फुकुवाको निकासा आउन ढिला हुँदा पहिलो किस्ताको अनुदान पनि वितरण गर्न नपाएको स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले बताए। जतिसक्दो छिटो रकम निकासा गर्न ताकेता गरेको बताउँदै उनले अब केही दिनभित्रै निकास आउने र रकम वितरण गर्ने बताए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












