भूकम्पपीडितको गुनासोः खातामा पैसा आएन
६ माघ । अनन्तलिङ्गेश्वर नगरपालिका–६ सिरुटारका विक्रम श्रेष्ठले थिमिस्थित वाणिज्य बैंकमा खाता खोलेको दुई महिना बित्यो। भूकम्पपीडितको लाभग्राही सूचीमा परेपछि अनुदान सम्झौता गरेलगत्तै एकसातामै रकम पहिलो किस्ताको ५० हजार रुपैयाँ खातामा पठाइदिने भनेपछि हतारिएर खाता खोले पनि अझै रकम नआउँदा निराश भएका छन्। विगत २१ महिनादेखि जस्ताको टहरामा बस्दै आएका श्रेष्ठ परिवार अनुदान आउने टुङ्गो नलागेपछि जग्गा बिक्री गर्ने निर्णयमा पुगेका छन्। सरकारले अनुदान दिएपछि घर बनाउन सुरु गरौँला भनेर बसेका भक्तपुरका आधाभन्दा बढी भूकम्पपीडित पहिलो किस्ताको रकम कहिले वितरण गर्ने भन्ने टुङ्गो नलागेपछि निराश भएका हुन्। नगरकोट नगरपालिका ताथलीका रोशन गिरीको परिवार अनुदानको आशामै रहेर घर बनाउन सुरु नगरेको बताउँछन्। उनी भन्छन् – “अनुदान वितरण सुरु गरेपछि घर बनाउन सुरु गराँैला भनेर बसेका छौँ, तर खै कहिले आउँछ पत्तो छैन, घर नबनाई यसवर्षको जाडो पनि बित्ने भो।” सरकारले दिने अनुदानले मात्रै घर बनाउन नपुग्ने भएपछि धेरै भूकम्पपीडितले जग्गा बिक्री गर्न थालेका छन्। सरकारले दिएको अनुदान रकममा थप गरेर घर बनाउने योजनामा पुगेका कतिपय भूकम्पपीडितले अनुदान आउनुअघि नै घर बनाए अनुदान रकम नै नपाइएला भन्ने डरले घर नबनाइ बसेका छन्। सिपाडोलका भूकम्पपीडित रामशङ्कर श्रेष्ठले सरकारले दिने अनुदान रकम लिन बैंकमा खाता खोलेको दुई महिना बिते पनि रकम नआएपछि घर बनाउन जग्गा बिक्री गरेको बताए। भक्तपुरमा सुरुमा ३३ हजार ६९६ परिवार भूकम्पपीडित रहेको तथ्याङ्क रहे पनि पुनः सर्वेक्षणमा पुनःनिर्माण प्राधिकरणले लाभग्राहीको सूचीमा रहेका २६ हजार १६ परिवारको विवरण जिल्लामा पठाएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना एकाइ कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरण गर्न अख्तियारी पाए पनि वैदेशिक सहायताको रकम फुकुवाको निकासा आउन ढिला हुँदा पहिलो किस्ताको अनुदान पनि वितरण गर्न नपाएको स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले बताए। जतिसक्दो छिटो रकम निकासा गर्न ताकेता गरेको बताउँदै उनले अब केही दिनभित्रै निकास आउने र रकम वितरण गर्ने बताए।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












