व्यवसायिक बेमौसमी तरकारी खेतीले फेरियो महिलाको जीवनस्तर

सुर्खेत कुनाथरी–५, बेलचौरका महिलाहरूले बेमौसमी तरकारी खेतीलाई आफ्नो आर्यआर्जनको मुख्य स्रोत बनाउँदै आम्दानी गर्न सफल भएका छन् । करेसाबारीमा मात्रै तरकारी खेती गर्ने महिलाहरुले अहिले व्यवसायिक रुपमै बेमौसमी तरकारी खेती गरेर आम्दानी गर्न सफल भएका हुन् ।
सधै चुलोचौकोमा मात्र सिमीत रहेका महिलाहरु समाज परिवर्तनको लागि सक्रिय बन्दै आयआर्जनमा समेत लागेका हुन् । बेलचौरका महिलाहरुले व्यवसायलाई सरल रुपमा आर्यआर्जन गर्ने बाटो बनाएका छन् । शुरुमा घरमा श्रीमानको दमनमा बस्ने महिलाहरुले बेलचौरलाई केही महिना अगाडि नमूना गाउँको अभियान चलाएका थिए । बेलचौरलाई साँच्चीकै नमूना बनाउने लक्ष्य लिएका उनीहरुले महिलाहरु पनि समृद्ध बन्नुपर्छ भन्ने लक्ष्य लिएर बेमौसमी तरकारी खेतीबाट आयआर्जनमा लागेका हुन् । सामूहिक रुपमा समाज रुपमान्तरणको अभियानमा लागेका उनीहरुले अहिले आफूहरु पनि आर्थिक रुपमा समृद्ध बन्न थालेको बताएका छन् ।
कुनाथरी गाविस बेलचौरकी रुपसिला सारु अहिले ३४ वर्षकी भईन । रुपसिला सुरुमा घरमा बालबच्चा हेरचाहमा मात्रै व्यस्त हुन्थिन तर उनी अहिले किर्डाक नेपालको कार्यक्रमले गर्दा सामाजिक अभियान्तासंगै आयआर्जन समेत गरेकी छन् ।
आमा समूहमा आवद्ध भएपछि किर्डाकद्धारा सञ्चालित सिडस कार्यक्रमबाट तालिम लिएर बेमौसमी तरकारी खेतीमा लागेकी हुन् । सुरुमा तरकारी खेती कसरी गर्ने भन्नेसम्म थाहा नपाएकी उनले अहिले भारतमा मजदुरीका लागि जाने युवाहरुलाई समेत तरकारी खेतीमा लाग्न प्रेरित गरिरहेकिछन् । उनले अहिले श्रीमान र आफू मिलेर तरकारी खेती गरी आर्यआर्जन गरेको बताइन । दुई मौसममा गरेको खेतीबाट वार्षिक रुपमा ७० हजार आम्दानी गरेको उनको भनाई छ ।
यस्तै कुनाथरी बेलचौरकी ५२ वर्षकी रम्बा गौतमले पनि तरकारी खेती बाटै आफ्नो दैनिकी सहज बनाएकिछन् । घरमा ६ जना परिवार भएको रम्बाले तरकारी खेती गरेको रकमले घर खर्च चलाउँदै आएकी छन् । घरको मुली मान्छे आफै भएको भन्दै उनले यही तरकारी खेतीबाट आफूले परिवार चलाएको बताइन । किर्डाकले नै दिएको रोग सम्बन्धीको तालिमले अझ सहज बनाएको उनले बताइन । अहिले तालिम लिएपछि तरकारी खेतीबाटै मनग्य आम्दानी गर्ने आँट आएको उनले बताइन् ।

२५ हजारको बीउ र टनेलको खर्च समेत कार्यक्रमबाट उपलब्ध भएको उनले बताइन । उनले श्रीमानको निधनले पीडा भएको भन्दै अहिले तरकारी खेती गरी पीडा भुल्दै आएको बताइन । उनले बार्षिक एक लाख २५ हजारसम्म आम्दानी गरेको उनको भनाई छ । तरकारी खेतीसँगै अहिले १२ वटा बाख्रा र कुखुरा पनि पाल्दै आएको उनको भनाई छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












