व्यवसायिक बेमौसमी तरकारी खेतीले फेरियो महिलाको जीवनस्तर

सुर्खेत कुनाथरी–५, बेलचौरका महिलाहरूले बेमौसमी तरकारी खेतीलाई आफ्नो आर्यआर्जनको मुख्य स्रोत बनाउँदै आम्दानी गर्न सफल भएका छन् । करेसाबारीमा मात्रै तरकारी खेती गर्ने महिलाहरुले अहिले व्यवसायिक रुपमै बेमौसमी तरकारी खेती गरेर आम्दानी गर्न सफल भएका हुन् ।
सधै चुलोचौकोमा मात्र सिमीत रहेका महिलाहरु समाज परिवर्तनको लागि सक्रिय बन्दै आयआर्जनमा समेत लागेका हुन् । बेलचौरका महिलाहरुले व्यवसायलाई सरल रुपमा आर्यआर्जन गर्ने बाटो बनाएका छन् । शुरुमा घरमा श्रीमानको दमनमा बस्ने महिलाहरुले बेलचौरलाई केही महिना अगाडि नमूना गाउँको अभियान चलाएका थिए । बेलचौरलाई साँच्चीकै नमूना बनाउने लक्ष्य लिएका उनीहरुले महिलाहरु पनि समृद्ध बन्नुपर्छ भन्ने लक्ष्य लिएर बेमौसमी तरकारी खेतीबाट आयआर्जनमा लागेका हुन् । सामूहिक रुपमा समाज रुपमान्तरणको अभियानमा लागेका उनीहरुले अहिले आफूहरु पनि आर्थिक रुपमा समृद्ध बन्न थालेको बताएका छन् ।
कुनाथरी गाविस बेलचौरकी रुपसिला सारु अहिले ३४ वर्षकी भईन । रुपसिला सुरुमा घरमा बालबच्चा हेरचाहमा मात्रै व्यस्त हुन्थिन तर उनी अहिले किर्डाक नेपालको कार्यक्रमले गर्दा सामाजिक अभियान्तासंगै आयआर्जन समेत गरेकी छन् ।
आमा समूहमा आवद्ध भएपछि किर्डाकद्धारा सञ्चालित सिडस कार्यक्रमबाट तालिम लिएर बेमौसमी तरकारी खेतीमा लागेकी हुन् । सुरुमा तरकारी खेती कसरी गर्ने भन्नेसम्म थाहा नपाएकी उनले अहिले भारतमा मजदुरीका लागि जाने युवाहरुलाई समेत तरकारी खेतीमा लाग्न प्रेरित गरिरहेकिछन् । उनले अहिले श्रीमान र आफू मिलेर तरकारी खेती गरी आर्यआर्जन गरेको बताइन । दुई मौसममा गरेको खेतीबाट वार्षिक रुपमा ७० हजार आम्दानी गरेको उनको भनाई छ ।
यस्तै कुनाथरी बेलचौरकी ५२ वर्षकी रम्बा गौतमले पनि तरकारी खेती बाटै आफ्नो दैनिकी सहज बनाएकिछन् । घरमा ६ जना परिवार भएको रम्बाले तरकारी खेती गरेको रकमले घर खर्च चलाउँदै आएकी छन् । घरको मुली मान्छे आफै भएको भन्दै उनले यही तरकारी खेतीबाट आफूले परिवार चलाएको बताइन । किर्डाकले नै दिएको रोग सम्बन्धीको तालिमले अझ सहज बनाएको उनले बताइन । अहिले तालिम लिएपछि तरकारी खेतीबाटै मनग्य आम्दानी गर्ने आँट आएको उनले बताइन् ।

२५ हजारको बीउ र टनेलको खर्च समेत कार्यक्रमबाट उपलब्ध भएको उनले बताइन । उनले श्रीमानको निधनले पीडा भएको भन्दै अहिले तरकारी खेती गरी पीडा भुल्दै आएको बताइन । उनले बार्षिक एक लाख २५ हजारसम्म आम्दानी गरेको उनको भनाई छ । तरकारी खेतीसँगै अहिले १२ वटा बाख्रा र कुखुरा पनि पाल्दै आएको उनको भनाई छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












