चार जिल्लामा २४० परिवार दोस्रो किस्ताका लागि याेग्य
काठमाडौँ, माघ १० गते । भूकम्प अतिप्रभावित चार जिल्लामा २४० परिवार दोस्रो किस्ता पाउनका लागि जिल्ला समन्वय समितिबाट प्रमाणित भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
पहिलो किस्ता लिई निजी आवास निर्माणका लागि जगको काम सम्पन्न गरेका लाभग्राहीलाई गाउँ÷नगरमा खटिएका इन्जिनियरले भूकम्प प्रतिरोधी संरचना भनी सिफारिस गरेपछि जिल्ला समन्वय समितिले प्रमाणित गर्नुपर्ने व्यवस्था छ । यो प्रक्रिया पार गरेर आउने लाभग्राहीको सङ्ख्या २४० रहेको प्राधिकरणका सहायक प्रवक्ता डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।
“दोस्रो किस्ता पाउँ भनी सिन्धुपाल्चोकमा ५४७, धादिङमा ५८३, काभ्रेपलाञ्चोकमा ४५३, गोरखामा २०१६, दोलखामा ३८९, रामेछापमा ५१२, मकवानपुरमा ४०४ र ओखलढुङ्गामा २११ ले निवेदन दिएकामा सिन्धुपाल्चोकमा ६०, काभ्रेपलाञ्चोकमा १००, गोरखामा ५८ र रामेछापमा २२ मात्र छन्”– उहाँले भन्नुभयो ।
दोस्रो किस्ता वितरणका लागि प्राधिकरणले ११ जिल्लामा रु तीन अर्ब पठाउने तयारी गरेको छ । दक्ष कामदारको अभावमा पहिलो किस्ता लैजानेले पनि निर्माणको काम सुरु गर्न नसकेको खबर सार्वजनिक भएपछि प्राधिकरणले नेपाली सेनाका २०० जनालाई प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने गरी खटाउने तयारी गरेको सहायक प्रवक्ता भुसालले बताउनुभयो ।
माघ १८ गतेदेखि खटिने सेनाका लागि तालिम दिई माघ २५ गतेदेखि स्थलगतरुपमा खटाउने तयारी गरिएको छ ।
भूकम्पबाट आवास पूर्णरुपमा क्षति भई प्रमाणीकरण भएका लाभग्राहीलाई पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख अनुदान दिइन्छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












