चार जिल्लामा २४० परिवार दोस्रो किस्ताका लागि याेग्य
काठमाडौँ, माघ १० गते । भूकम्प अतिप्रभावित चार जिल्लामा २४० परिवार दोस्रो किस्ता पाउनका लागि जिल्ला समन्वय समितिबाट प्रमाणित भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
पहिलो किस्ता लिई निजी आवास निर्माणका लागि जगको काम सम्पन्न गरेका लाभग्राहीलाई गाउँ÷नगरमा खटिएका इन्जिनियरले भूकम्प प्रतिरोधी संरचना भनी सिफारिस गरेपछि जिल्ला समन्वय समितिले प्रमाणित गर्नुपर्ने व्यवस्था छ । यो प्रक्रिया पार गरेर आउने लाभग्राहीको सङ्ख्या २४० रहेको प्राधिकरणका सहायक प्रवक्ता डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।
“दोस्रो किस्ता पाउँ भनी सिन्धुपाल्चोकमा ५४७, धादिङमा ५८३, काभ्रेपलाञ्चोकमा ४५३, गोरखामा २०१६, दोलखामा ३८९, रामेछापमा ५१२, मकवानपुरमा ४०४ र ओखलढुङ्गामा २११ ले निवेदन दिएकामा सिन्धुपाल्चोकमा ६०, काभ्रेपलाञ्चोकमा १००, गोरखामा ५८ र रामेछापमा २२ मात्र छन्”– उहाँले भन्नुभयो ।
दोस्रो किस्ता वितरणका लागि प्राधिकरणले ११ जिल्लामा रु तीन अर्ब पठाउने तयारी गरेको छ । दक्ष कामदारको अभावमा पहिलो किस्ता लैजानेले पनि निर्माणको काम सुरु गर्न नसकेको खबर सार्वजनिक भएपछि प्राधिकरणले नेपाली सेनाका २०० जनालाई प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने गरी खटाउने तयारी गरेको सहायक प्रवक्ता भुसालले बताउनुभयो ।
माघ १८ गतेदेखि खटिने सेनाका लागि तालिम दिई माघ २५ गतेदेखि स्थलगतरुपमा खटाउने तयारी गरिएको छ ।
भूकम्पबाट आवास पूर्णरुपमा क्षति भई प्रमाणीकरण भएका लाभग्राहीलाई पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख अनुदान दिइन्छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












