विजुली चोर कर्मचारीलाई त्यसै छाडिन्न : ऊर्जामन्त्री
काठमाडौँ, १० माघ । ऊर्जामन्त्री जनार्दन शर्माले बिजुली चोरीमा सङ्लग्नलाई नियन्त्रणमा लिने क्रम सुरु भइसकेको बताएका छन् ।
पानी, प्रकृति एवम् कृषिको क्षेत्रमा काम गर्दै आएको ‘अष्ट ज’ अभियानले आज आयोजना गरेको ‘नेपालको पानी जनताको लगानी तर कसरी’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने – “मुलुकलाई अन्धकारमा राख्ने तर केही सिमित व्यक्ति मोटाउने भन्ने कुरा हुन सक्दैन् ।”
मन्त्री शर्माले “हाल विद्युत् प्राधिकरणमा रहेका वा नरहेका बिजुली चोर एक/एक गरी समातिनेछन्, तिनलाई कुनैपनि हालतमा छाडिदैन” भन्दै “प्राधिकरणभित्रका चोरहरुको साइनो अन्तै जोडिएको छ, त्यो क्रमशः पत्ता लाग्दै गएको बताए ।”
“बिजुलीको मिटर बटारेर कमिसन असुल्ने प्राधिकरण भित्रका भ्रष्टलाई तह लगाएर मात्र चुहावट नियन्त्रणको अभियान सफल पारिने उल्लेख गर्दै उनले भने – जलविद्युत आयोजनाको अध्ययन गर्ने समय अवधिलाई घटाउने गरी काम भइरहेको छ ।”
मन्त्री शर्माले सम्भाव्यता अध्ययनमा दुई वर्ष लगाउने, डिपिआर तयार गर्न पाँच वर्ष लगाउने, अनि कहिले बन्छ आयोजना ?” बताउँदै “यस्ता खालका विज्ञ र इन्जिनियरबाट देशको विकास सम्भव छैन, यसलाई सच्याउनै पर्छ भने ।”
नेपाल र नेपाली जनतासँग पैसा छैन भन्ने भ्रम हटाउन ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम ल्याइएको बताउँदै उनले अनलाइन आवदेनबाट मात्रै दश दिनभित्र रु दुई अर्ब ५४ करोडको लगानी प्रतिबद्धता आइसकेको जानकारी दिए ।
मन्त्री शर्माले रु ३० अर्बको प्रतिबद्धता आउनासाथ कुनै नाफामूलक आयोजना सुरु गर्ने सोचाई रहेको बताउँदै नेपालमा उत्पादित बिजुली कहाँ बेच्ने भनेर कतिपय विज्ञले आफूलाई हैरान पारिसकेको र यस्ता खाले ‘केटौले चिन्तन’ले देशको उन्नति हुन नसक्ने धारणा व्यक्त गरे ।
दश हजार मेगावाट बिजुली अहिले नै स्वदेशमा खपत हुनसक्ने आधार रहेको बताउँदै उनले विद्युत् खपतको नभई उत्पादनको चिन्ता गर्न विज्ञलाई आग्रह गरे ।
मन्त्री शर्माले तीव्र गतिमा काम गर्ने हो भने नेपाल १५ वर्षमा समृद्ध राष्ट्र बन्न सक्ने उल्लेख गर्दै समृद्ध नेपाल निर्माणका आधार जलविद्युत नै भएको स्पष्ट पारे ।
राजनीतिक नेतृत्वले दृढ सङ्कल्प गरेर योजना बनाउने हो भने डेढ दशकमै नेपाल विकसित मुलुकमा रुपान्तरण हुन सक्छ, उनले भने – नेपालको पानी, जनताको लगानी नामक कार्यक्रम ‘फास्ट ट्र्याक’बाट मुलुकको विकास गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












