सुर्खेतमा तीन वर्षमा २२ हजार धारा जडान गर्ने तयारी

सुर्खेत ११ माघ । सुर्खेतमा वर्षौँदेखि खानेपानीको अभावबाट नागरिक अझै पनि मुक्त हुन सकेका छैनन् । जनताले पानीको नभई धाराको बिल तिर्नुपर्ने अवस्था विद्यमान छ ।
सुर्खेत उपत्यकामा खानेपानीको अभाव परिपुर्ति गर्न झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विगत १६ वर्षदेखि काम गर्दै आएको छ । यस संस्थाका कति काम अधुरा छन् भने कति काम सम्पन्न भएपनि अझै यहाँ पानीको अभाव अझै छ ।
उपभोक्ताहरुले खानेपानीको समस्याबाट मुक्त हुन नसकेको भन्दै खानेपानीको अभाव टर्न नसक्दा पानी प्यास मेटाउन समेत कठिनाई भएको बताउने गरेका छन् । वीरेन्द्रनगर ६ का खडानन्द कँडेलले बढ्दो जनसंख्याबिचमा पनि खानेपानीको चुहावटले समस्या भएको भन्दै यसको समाधानमा सबैले ध्यान दिनुपर्ने बताए । यस्तै उत्तरगंगा ३ कोलडाँडाका कम्ब अधिकारीले खानेपानीको समस्या समाधान हुन्छ भन्ने गरेको तर कहिले समाधान हुन्छ भन्ने उपभोक्तालाई थाहा नभएको बताए ।
संस्थाका अध्यक्ष कुलमणी देवकोटाले आफुहरुले प्रयास गर्दा गर्दै पनि उपभोक्ताको मागलाई पुरा गर्न नसकेको स्वीकार गरे । उपत्यका ६२ किमी पाईपलाई बिछ्याउने काम पुरा भइसकेको र पानीको चुहावटलाई १५ प्रतिशत सम्म झार्ने, भेरी नदीको पानी लिफ्टिङ गर्ने योजना रहेको समेत उनले बताए । साथै अध्यक्ष देवकोटाले अबको तीन वर्षभित्र २२ हजार धारा जडान गरिने जानारी दिए ।
यस्तै नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद सीता नेपालीले सुर्खेतमा पानीको समस्या समाधान गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् । झुप्रा वृहत खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाको १६औं वार्षिकोत्सवको अवसरमा सांसद नेपालीले पानीको अभाव पुर्ति गर्नका लागि भेरीको पानी पानी मात्रै नभई कर्णालीको पानी पनि सुर्खेत उपत्यका ल्याउन सक्ने योजना बनाउन सुझाव दिइन ।
नेपाली कांग्रेसका नगर सभापति देवकुमार सुवेदीले भेरीको पानी सुर्खेत उपत्यकामा ल्याउनका लागि जनप्रतिनिधलाई उपभोग गर्नुपर्ने बताए । उनले कुनै पार्टी अथवा व्यक्तिका बारेमा चर्चा नभएर समग्र सुर्खेतका उपभोक्तालाई कसरी खानेपानी उपलब्ध गराउने भन्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा नेकपा (एमाले) सुर्खेतका सचिव मोहन बडुवालले जनताको मागलाई निरुत्साहित गर्न जनप्रतिनिधि नै लागेको प्रति दुःख व्यक्त गर्दै बाधा अड्चनका बिचमा पनि अहिले खरीखोरा बोरीखोलाबाट पानी ल्याउने काम अन्तिम चरणमा परेको बताए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












