सुर्खेतमा तीन वर्षमा २२ हजार धारा जडान गर्ने तयारी

सुर्खेत ११ माघ । सुर्खेतमा वर्षौँदेखि खानेपानीको अभावबाट नागरिक अझै पनि मुक्त हुन सकेका छैनन् । जनताले पानीको नभई धाराको बिल तिर्नुपर्ने अवस्था विद्यमान छ ।
सुर्खेत उपत्यकामा खानेपानीको अभाव परिपुर्ति गर्न झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विगत १६ वर्षदेखि काम गर्दै आएको छ । यस संस्थाका कति काम अधुरा छन् भने कति काम सम्पन्न भएपनि अझै यहाँ पानीको अभाव अझै छ ।
उपभोक्ताहरुले खानेपानीको समस्याबाट मुक्त हुन नसकेको भन्दै खानेपानीको अभाव टर्न नसक्दा पानी प्यास मेटाउन समेत कठिनाई भएको बताउने गरेका छन् । वीरेन्द्रनगर ६ का खडानन्द कँडेलले बढ्दो जनसंख्याबिचमा पनि खानेपानीको चुहावटले समस्या भएको भन्दै यसको समाधानमा सबैले ध्यान दिनुपर्ने बताए । यस्तै उत्तरगंगा ३ कोलडाँडाका कम्ब अधिकारीले खानेपानीको समस्या समाधान हुन्छ भन्ने गरेको तर कहिले समाधान हुन्छ भन्ने उपभोक्तालाई थाहा नभएको बताए ।
संस्थाका अध्यक्ष कुलमणी देवकोटाले आफुहरुले प्रयास गर्दा गर्दै पनि उपभोक्ताको मागलाई पुरा गर्न नसकेको स्वीकार गरे । उपत्यका ६२ किमी पाईपलाई बिछ्याउने काम पुरा भइसकेको र पानीको चुहावटलाई १५ प्रतिशत सम्म झार्ने, भेरी नदीको पानी लिफ्टिङ गर्ने योजना रहेको समेत उनले बताए । साथै अध्यक्ष देवकोटाले अबको तीन वर्षभित्र २२ हजार धारा जडान गरिने जानारी दिए ।
यस्तै नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद सीता नेपालीले सुर्खेतमा पानीको समस्या समाधान गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् । झुप्रा वृहत खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाको १६औं वार्षिकोत्सवको अवसरमा सांसद नेपालीले पानीको अभाव पुर्ति गर्नका लागि भेरीको पानी पानी मात्रै नभई कर्णालीको पानी पनि सुर्खेत उपत्यका ल्याउन सक्ने योजना बनाउन सुझाव दिइन ।
नेपाली कांग्रेसका नगर सभापति देवकुमार सुवेदीले भेरीको पानी सुर्खेत उपत्यकामा ल्याउनका लागि जनप्रतिनिधलाई उपभोग गर्नुपर्ने बताए । उनले कुनै पार्टी अथवा व्यक्तिका बारेमा चर्चा नभएर समग्र सुर्खेतका उपभोक्तालाई कसरी खानेपानी उपलब्ध गराउने भन्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा नेकपा (एमाले) सुर्खेतका सचिव मोहन बडुवालले जनताको मागलाई निरुत्साहित गर्न जनप्रतिनिधि नै लागेको प्रति दुःख व्यक्त गर्दै बाधा अड्चनका बिचमा पनि अहिले खरीखोरा बोरीखोलाबाट पानी ल्याउने काम अन्तिम चरणमा परेको बताए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












