घरखर्च चलाउन डोको व्यापार
सुर्खेत २० माघ । वीरेन्द्रनगरमा महिलाहरु घरखर्च चलाउने पैसा नभएपछि डोके व्यापार गर्न थालेको छन् । घरमा नुन तेल किन्न धौधौ हुँदा महिलाहरु हिजोआज डोके व्यवसाय गर्ने लागेका हुन ।
महिलाहरु बिहान उठेर तरकारी मन्डीमा पुग्छन् । मन्डीमा कसैले तरकारी व्यापार गर्ने गर्छन त कसैले फलफूल व्यापार गर्ने थालेका छन् । फलफूलको डोके बोकेर बजारभरि घुमिरहेको देखिन्छ । स्याउ,सुन्तला,अनार र मौसम लगायतका फलफूल विक्री गर्छन । फलफूल कहिले २ दिन लगाए बिक्रि गर्छन त कोहीले १ दिनमै विक्री गर्ने गरेको उनीहरु बताउँछन् ।
विहान उठेर खाली डोके बोकेर प्रत्येक बिहान २० केजी देखि २५ केजीसम्म फलफूल लिएर बजार घुमाउदै आएका छन् । नुन तेल किन्ने पैसा नभएपछि फलफूल बेच्न सूरु गरेकी सुर्खेत तातापानीकी २८ वर्षकी अन्जु बि.कले ५ दिन अघिदेखि फलफूल डोकोमा राखेर बेच्न थालेको वताईन ।
उनले भनिन्, ‘श्रीमान भारतमा कमाई गर्ने जानु भएको छ । १ महिना भयो, ८ हजारसम्म कमाएर पठाउनु हुन्थ्यो अहिले पठाउनु भएको छैन । छोराछोरी पढाउनै प¥यो । नुन तेल किन्ने पैसा हुँदैन । त्यही भएर डोकोमा फलफूल बेचेमा केही फाइदा भएमा नुन तेल किन्न सम्म हुन्छ की भनेर व्यापार गर्ने लागेको हुँ ।’
त्यस्तै अन्जुले २० केजी स्याउ बेचेर २ सयसम्म कमाउ छिन । उनेले भनिन्आ,’ज त बोहनी पनि भएको छैन । यो स्याउ बेच्न दुई दिन लाग्ने भो । मन्डीमा कम्प्युटर मेसिनबाट तौलेर ल्याउनुपर्छ । हामीलाई ३ केजी घाटा हुँदो रहेछ ।’
त्यस्तै अर्की डोके व्यापार गदै आएकी तातापानी सुर्खेतकी लक्ष्मी अधिकारीको पनि दुःख उस्तै छ । घरमा नुन तेल खाने पैसा हुन्छ की भनि व्यापार गर्ने थालें । राम्रोसँग व्यापार हुदैन । सबैले डोको व्यापार गर्न थाले । उनले भनिन् ,’आज जम्मा १ केजी मौसम मात्र विक्री गरेको छु । २५ केजी ल्याएको थिए । सबै बेचेर २ सय फाइदा हुन्छ । अब यो मौसम २४ घण्टा लगाएर बेच्नु पर्ने त होला, केही हुन्छ की ? बालबाच्चाको विद्यालयको ‘फि’ तिर्ने र बिहान-बेलुका नुन तेल खर्च हुने आसमा डोको व्यापार गर्न लागेको हुँ । घरमा ५ जनाको परिवार छ । कमाई गर्ने कोही छैन । पहिलापहिला अलिअलि व्यापार हुन्थ्यो । हिजोआज व्यापार सुक्दै गएको छ ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












